भक्तपुर, २५ असार । चाँगुनारायण नगरपालिका–७ जितपुरका ३६ वर्षीय उमेश कार्कीको हत्या गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । गत असार १५ गते राति कुखुराको मासु पोखिदिएको विषयमा भएको वादविवादका क्रममा धारिलो हतियार प्रयोग गरी कार्कीको हत्या गरेको अभियोगमा प्रहरीले सर्लाही हरिपुर नगरपालिका–८ ...