काठमाडौं,२४ असार । प्राविधिक शिक्षा आजको आवश्यकता’ भन्ने मूल नाराका साथ आइतबारबाट प्राविधिक शिक्षा राष्ट्रिय जागरण अभियान २०७५ सुरु भएको छ ।
‘प्राविधिक शिक्षा आजको आवश्यकता’ भन्ने नारालाई परिपूर्ति गर्न प्राविधिक शिक्षाको विकास र विस्तार गरी गुणस्तरीय प्राविधिक जनशक्ति उत्पादन गर्न अपिल गर्ने उद्धेश्यले पहिलोपटक अभियान शुरु गरिएको हो ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शुरु गरेको अभियानको आईतबार काठमाडौमा आयोजित बिषेश कार्यक्रममा बिच शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरीराजमणी पोखरेलले उद्घाटन गरेका छन ।
कार्यक्रममा मन्त्री पोखरेलले सरकारले समृद्धि मुलुक निर्माणका लागी शिक्षा क्षेत्रको भूमिकाका बिषयमा सार्वजनिक गरेको १० बुदे मार्गचित्रका आधारमा सरकारले काम गरिरहेको बताए । मन्त्री पोखरेलले राष्ट्रिय चिकित्सा शिक्षा विधेयकलाई जस्ताको तस्तै संसदमा पेश गरिएको उल्लेख गर्दै आमरण अनसन तोडेर वार्तामा आउन आग्रह पनि गरे ।
कार्यक्रममा सहभागी भएकाहरुले देश विकासको मुख्य आधार प्राविधिक शिक्षा भएकाले विकास र समृद्धिको लक्ष्यलाई पुरा गर्न प्राविधिक शिक्षालाई नै प्राथमिकता दिनुपर्ने बताएका थिए ।
देशव्यापी रुपमा गुणस्तरीय प्राविधिक शिक्षातर्फ विद्यार्थीलाई आकर्षित गर्न विभिन्न कार्यक्रम सञ्चालन गर्दै लैजाने सिटीईभिटीले जनाएको
प्रतिक्रिया दिनुहोस्