काठमाडौं,२४ असार । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री शेरबहादुर तामाङले आउँदो असोज ३ गते भित्र मौलिक हकसम्बन्धी सबै कानुन लागू गरिसक्ने प्रतिवद्धता व्यक्त गरेका छन । काठमाडौंमा आयोजित सबै प्रदेशसभाका सांसदहरुको कानुन निर्माणसम्बन्धी क्षमता अभिवृद्धि कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो भनेका हुन ।
उनले संवैधानिक व्यवस्था अनुसार आगामी असोज ३ गते भित्र संविधान कार्यान्वयनसम्बन्धी सबै कानुन निर्माण गर्न सरकार केन्द्रित भएको बताएका छन ।
तामाङले प्रदेशसभाको कानुन निर्माणको कामलाई सहज बनाउन सरकारले नमूना कानून पठाउने काम गरिरहेको पनि स्पष्ट पारेका छन ।
मन्त्री तामाङले प्रदेश र स्थानीय तहको कानुन निर्माणमा सरकारले सक्दो सहजीकरण गरिरहेको दाबी गरेका छन ।
प्रतिक्रिया दिनुहोस्