काठमाडौं,२४ असार । सरोकारवालाहरुले लैङ्गिकतासम्बन्धी समाचार प्रशासन गर्दा संवेदनशील हुनुपर्ने बताएका छन् ।
राष्ट्रिय महिला आयोगले आईतबार काठमाडौंमा आयोजना गरेको सञ्चार माध्यमबाट हुने प्रकाशन तथा प्रसारणमा लैङ्गिक संवेदनशीलता’ विषय अन्तक्र्रियामा वक्ताहरुले यस्तो बताएका हुन् । उनीहरुले समाचार सम्प्रेषणमा संवेदनशीलता नअपनाउँदा पीडितलाई थप समस्या हुने पनि बताए ।
साथै उनीहरुले जिम्मेवारीपूर्ण ढङ्गबाट समाचार सम्प्रेषण गर्न सञ्चारमाध्यमलाई आग्रह पनि गरेका थिए । कार्यक्रममा महिला आयोगका सचिव अनिलकुमार ठाकुरले उत्पीडनमा पारिएका महिलाका विषयवस्तुलाई प्राथमिकताका साथ समाचार सम्प्रेषण गर्न आमसञ्चारमाध्यमसँग आग्रह गरे।
सचिव ठाकुरले २०७४ मंसिर २४ गतेदेखि आयोगले शुरु गरेको हेल्प लाइन सेवामा अहिलेसम्म करीब चार हजार लैङ्गिक हिंसासम्बन्धी सूचना आएको समेत जानकारी दिए ।
कार्यक्रमा सञ्चारमाध्यमका प्रतिनिधीहरुले शुरुदेखि नै महिला आयोग निष्क्रिय जस्तै भएको भन्दै आगामी दिन सक्रियता बढाउन आयोगलाई सुझाव दिएका थिए ।
प्रतिक्रिया दिनुहोस्