ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram
सम्पूर्ण अपडेट

प्रतिनिधिसभा निर्वाचन २०८२

कुल उमेदवार ३४०६
पार्टीहरूको संख्या ६७
निर्वाचन क्षेत्र १६५
कुल मतदाता १,८९,०३,६८९
सम्पूर्ण अपडेट

कास्की प्रहरीको टोले गुण्डा अप्रेसनमा १५ जना पक्राउ


bhawani desk
असार २४, २०७५ आईतबार  ४ : २३ बजे


पोखरा २४ असार । कास्की प्रहरीले १५ जना टोले गुण्डालाई पक्राउ गरेको छ । पर्यटकीय शहर पोखरामा विभिन्न ब्याक्तिहरुलाई धम्काइ गुण्डागर्दी, हप्ता असुली र मिटरब्याज र बिटिङ गर्ने काममा संलग्न १५ जनालाई पक्राउ गरेको हो ।

प्रहरीले टोले गुण्डा नाइके लम्जुङ घर भइ पोखरा १२ बस्ने ललित गुरुङ, स्याङजा रापाकोट घर भइ पोखरा १७ घारीपाटन बस्ने चन्द्र गुरुङ, पोखरा ९ नयाबजारका शनिराज डंगोल, पोखरा ११ का सुमन श्रेष्ठ, स्याङजा पुतलीबजार नगरपालिका ७ लुम्छाकका पुनम गुरुङ र प्रकाश गुरुङ, म्याग्दी अन्नपूर्ण गाउपाकिा १ दोवाका धन कुमार पुर्जा, कास्की भरतपोखरीका महेश छोटा भन्ने महेश अर्याल, पोखरा बिरौटाका सुजन लामा, पोखरा १४ काजी पोखरीका जिवन थापा र बिजय गुरुङ, पोखरा १७ छोरेपाटनका नबिन गुरुङ, पोखरा लेकसाइडका बिजय रानाभाट, पोखरा अर्चलबोटका रोहित सुनार र पोखरा बाग्लुङ वसपार्कका रोहित गुरुङ रहेका छन ।

पक्राउ परेका टोले गुण्डाहरुलाई सार्वजनिक अपराध अन्तर्गत कारबाही गरिने कास्की प्रहरी प्रमुख ओम बहादुर राना मगरले बताएका छन ।

कास्कीमा गुण्डा अप्रेशन सुरु भएको वताउदै यसअघिपनि साना तिना हप्ता असुल्ने टोले गुण्डाहरुलाई पक्राउ गरिएको भएतापनि आगामी दिनमा ठूला ठूला गुण्डाहरुलाई समेत पक्राउ गर्न कास्की प्रहरीले अभियान नै सञ्चालन गर्ने रानाले वताएका छन ।कास्की प्रहरीको कमाण्ड सम्हालेको ५१ दिन सम्म आइपुग्दा कास्की प्रहरी प्रमुख रानाले ७६ जना फरार अपराधी पक्राउ गर्न सफल भएका छन ।

कर्तव्य ज्यान, लुटपिट, चेक अनादर, चोरी, लागुऔषध, लिखित गाली वेईजती, सरकारी छाप किर्ते, जाल(साजी, केही सार्वजानिक अपराध लगायतका मुद्धामा संलग्न भइ फरार रहेकाहरुलाई पक्राउ गरि कारबाही प्रकृया अगाडी वढाएको कास्की प्रहरी प्रमुख रानाले बताएका छन । ५१ दिनको अवधिमा लागुऔषधमा संलग्न ४० जनालाई पक्राउ गर्न सफल भएको छ ।

त्यसैगरी ट्राफिक कारबाही अन्तर्गत ८ हजार ५ सय ६६ जना लाई कारबाही गरिएको छ । ट्राफिक कारबाही अन्तर्गत मापसेमा २१४ जना, मोडिफाइ गरेका सवारी ४४, मिटरमा जान नमान्ने १२४ ट्याक्सी, प्रेशर हर्न प्रयोग गर्ने १० वटा सवारी र फुटपाथमा पार्किङ गर्ने ४७० सवारीलाई कारबाही गरेको छ ।

त्यसैगरी जुवातासमा संलग्न ५९ जना लाई पक्राउ गरी कारबाही गरिएको कास्की प्रहरीले जनाएको छ । त्यसैगरी यौन ब्यवशायमा संलग्न २७ पुरुष र ५१ महिलालाई पक्राउ गरि मुद्धा चलाइएको र चोरी, लुटपाटमा संलग्न १८ वटा मुद्धामा २४ जना पुरुष र ४ जना महिलालार्य कारबाही गरिएको प्रहरीले जनाएको छ ।

त्यसैगरी प्राकृतिक श्रोतको दोहन गर्ने १४ वटा सवारी र हराएका मोवाइलहरु ४६ थान फेला परेको प्रहरीले जनाएको छ । त्यसैगरी छोरेपाटन, ट्राफिक कार्यालय र जिल्ला प्रहरी कार्यालयमा गरी २८ थान सिसी क्यामेरा जडान गरिएको कास्की प्रहरी प्रमुख रानाले वताए । रानाका अनुसार चाडपर्व सुरु नहुदै पोखराका मुख्य मुख्य शहर तथा सडकहरुमा सिसी क्यामेरा जोड्ने तयारी समेत भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

रास्वपाले प्रत्यक्षतर्फ १०० सिट जित्यो (सूचीसहित)

ताप्लेजुङमा एमालेका क्षितिज थेबे विजयी

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

रास्वपाले प्रत्यक्षतर्फ १०० सिट जित्यो (सूचीसहित)

कांग्रेसका सभापति गगन थापालाई पराजित गर्दै अमरेश सिंह विजयी

ऐतिहासिक झट्का: किन कांग्रेस र एमालेले व्यहोरे सर्मनाक हार ?

ताप्लेजुङमा एमालेका क्षितिज थेबे विजयी

रोल्पाबाट नेकपाका वर्षमान पुन विजयी

रोल्पामा वर्षमान पुन विजयी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com