काठमाडौँ: नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका लागि पछिल्लो समय पार्टीको आन्तरिक राजनीति ‘बालुवाटारको सत्ता’ भन्दा पनि ‘गुण्डुको निवास’ मा बढी सकसपूर्ण बनेको छ। शुक्रबारदेखि ओली निवास गुण्डुमा जारी सचिवालय बैठकले पार्टीको शक्ति सन्तुलनमा आएको नाटकीय परिवर्तनलाई छर्लङ्ग पारिदिएको छ। कुनै समय पार्टीभित्र ‘एकछत्र राज’ गरेका ...