तुलसीपुर, २३ माघ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६ मोतिपुर निवासी रिता रिजालको घरभित्रै सडकको धुलो पस्छ । धुलोले आँखा रसाउने, छाति दुख्ने समस्या हुन्छ नै । खाने कुरामा पनि धुलो पस्दा थप पीडा बनाउने गर्छ । “घरभित्रै धुलो हुन्छ, खानामा पनि धुलो हुन्छ”,उनले भनिन्, ...