ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

खोप केन्द्रमा नआउँदा समस्या


एबीसी / संवाददाता

रुकुम (पूर्व), २४ माघ । मा विभिन्न ठाउँमा खोप अभियान सञ्चालन गर्दा पनि खोप लगाउने लक्षित उमेर समूहका व्यक्ति खोप केन्द्रसम्म नआउँदा समस्या भएको स्वास्थ्य कार्यालय रुकुम (पूर्व) ले बताएको छ ।

जिल्लामा खोप पर्याप्त भए पनि लगाउने व्यक्तिको अपेक्षित उपस्थिति नहुँदा समस्या भएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी एवम् कोरोना रोग नियन्त्रण फोकल पर्सन नीमप्रसाद गिरीले बताउनुभयो । उहाँका अनुसार जिल्लामा खोप लगाउने लक्षित जनसङ्ख्या ४५ हजार ३६९ हो । अहिलेसम्म ३३ हजार ५५१ जना अर्थात् ७३ प्रतिशतले कोभिडविरुद्धको पहिलो डोज लगाएका छन् भने २९ हजार ५०१ जना अर्थात् ६५.०२ प्रतिशतले दोस्रो मात्रा लगाएका छन् । कोरोना फोकल पर्सन गिरीका अनुसार पुथाउत्तरगङ्गा गाउँपालिकामा नौ हजार १६४ जनाले खोपको पहिलो मात्रा लगाएका छन् भने आठ हजार १३० जनाले दोस्रो मात्रा लगाएका छन् । त्यहाँको खोप लगाउने लक्षित जनसङ्ख्या १५ हजार ४८७ हो । भूमे गाउँपालिकामा ११ हजार ९८२ जनाले पहिलो मात्राको खोप लगाएका छन् भने १० हजार ४३० जनाले दोस्रो मात्राको खोप लगाएका छन् । त्यहाँको लक्षित जनसङ्ख्या १८ हजार ८१३ हो । सिस्ने गाउँपालिकाका १२ हजार ४०५ जनाले पहिलो मात्रा लगाएका छन् भने १० हजार ९८२ जनाले दोस्रो मात्राको खोप लगाएको स्वास्थ्य कार्यालयले जनाएको छ । यस गाउँपालिकाको लक्षित जनसङ्ख्या १४ हजार ६८ हो ।

पहिले कत्ति पनि खोप नलगाएका, दोस्रो मात्रा छुटेका र बुस्टर डोज खोप लगाउने कार्य अहिले चलिरहेको छ । सिस्ने गाउँपालिकामा स्वास्थ्य कार्यालयबाट र भूमेमा गाउँपालिका केन्द्र खाबाङबाट खोप अभियान चलिरहेको छ । पुथाउत्तरगङ्गामा खोप पठाए पनि मानिस नआउँदा खोप कार्यक्रम सञ्चालन हुन नसकेको फोकल पर्सन गिरीले बताउनुभयो । मानिसले कोभिडलाई सामान्य रुपमा लिँदा खोपप्रतिको चासो कम देखिएको पाइएको छ । अहिले जिल्लामा मात्रै दुई हजार २०० डोज कोभिडको खोप मौज्दात रहेको स्वास्थ्य कार्यालय रुकुम (पूर्व) ले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

दक्षिण तथा पूर्वी एशियामा बाढी पहिरोमा ज्यान गुमाउनेको सङ्ख्या साढे ११ सय नाघ्यो

सम्बन्धित

स्तनपानका फाइदाहरू शिशुहरूमा मात्र होइन, क्यान्सर उपाचारमा उपयोगी

बीएमआईको सट्टा एक नयाँ विकल्प  शरीर गोलाई सूचकांक (BRI)

ओमान नामिबियासँग १०९ रनमै अलआउट

कोरोनाको नयाँ भेरियन्टबाट कसरी जोगिने ? विज्ञ के भन्छन् ?

वीर अस्पतालमा ७ सय शय्या निःशुल्क गर्ने सरकारको निर्णय

मेरो ९ वर्षे कार्यकालमा नेपाल– भारत सम्बन्ध हिट भयो, अब सुपरहिट बनाउन सहमत छौं – मोदी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com