ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

खोप केन्द्रमा नआउँदा समस्या


एबीसी / संवाददाता
माघ २४, २०७८ सोमबार  ४ : ३१ बजे

रुकुम (पूर्व), २४ माघ । मा विभिन्न ठाउँमा खोप अभियान सञ्चालन गर्दा पनि खोप लगाउने लक्षित उमेर समूहका व्यक्ति खोप केन्द्रसम्म नआउँदा समस्या भएको स्वास्थ्य कार्यालय रुकुम (पूर्व) ले बताएको छ ।

जिल्लामा खोप पर्याप्त भए पनि लगाउने व्यक्तिको अपेक्षित उपस्थिति नहुँदा समस्या भएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी एवम् कोरोना रोग नियन्त्रण फोकल पर्सन नीमप्रसाद गिरीले बताउनुभयो । उहाँका अनुसार जिल्लामा खोप लगाउने लक्षित जनसङ्ख्या ४५ हजार ३६९ हो । अहिलेसम्म ३३ हजार ५५१ जना अर्थात् ७३ प्रतिशतले कोभिडविरुद्धको पहिलो डोज लगाएका छन् भने २९ हजार ५०१ जना अर्थात् ६५.०२ प्रतिशतले दोस्रो मात्रा लगाएका छन् । कोरोना फोकल पर्सन गिरीका अनुसार पुथाउत्तरगङ्गा गाउँपालिकामा नौ हजार १६४ जनाले खोपको पहिलो मात्रा लगाएका छन् भने आठ हजार १३० जनाले दोस्रो मात्रा लगाएका छन् । त्यहाँको खोप लगाउने लक्षित जनसङ्ख्या १५ हजार ४८७ हो । भूमे गाउँपालिकामा ११ हजार ९८२ जनाले पहिलो मात्राको खोप लगाएका छन् भने १० हजार ४३० जनाले दोस्रो मात्राको खोप लगाएका छन् । त्यहाँको लक्षित जनसङ्ख्या १८ हजार ८१३ हो । सिस्ने गाउँपालिकाका १२ हजार ४०५ जनाले पहिलो मात्रा लगाएका छन् भने १० हजार ९८२ जनाले दोस्रो मात्राको खोप लगाएको स्वास्थ्य कार्यालयले जनाएको छ । यस गाउँपालिकाको लक्षित जनसङ्ख्या १४ हजार ६८ हो ।

पहिले कत्ति पनि खोप नलगाएका, दोस्रो मात्रा छुटेका र बुस्टर डोज खोप लगाउने कार्य अहिले चलिरहेको छ । सिस्ने गाउँपालिकामा स्वास्थ्य कार्यालयबाट र भूमेमा गाउँपालिका केन्द्र खाबाङबाट खोप अभियान चलिरहेको छ । पुथाउत्तरगङ्गामा खोप पठाए पनि मानिस नआउँदा खोप कार्यक्रम सञ्चालन हुन नसकेको फोकल पर्सन गिरीले बताउनुभयो । मानिसले कोभिडलाई सामान्य रुपमा लिँदा खोपप्रतिको चासो कम देखिएको पाइएको छ । अहिले जिल्लामा मात्रै दुई हजार २०० डोज कोभिडको खोप मौज्दात रहेको स्वास्थ्य कार्यालय रुकुम (पूर्व) ले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बैतडीमा जन्ती बोकेको बस दुर्घटना:१३ जानको मृत्यु

जाँचबुझ आयोगको कामप्रति ओलीले किन र के के विषय उठाए ?

सम्बन्धित

मनाङमा चुनावी चहलपहल सुरु : यशोदा सुवेदी गुरुङ

तनहुँ–१ को ‘ट्रिपल थ्रेट’ : स्वर्णिमको लहर कायम कि भगवती न्यौपानेले एमाले मत जोगाउँछिन्?

तौल घटाउने औषधिको अर्को सीमारेखाः एकपटकको जीन थेरापी

रास्वपाको ‘सादगी चरित्र’ अभियान: माछामासु-रक्सी बन्द, ४ मिनेट ढिलाइमा ४ पटक उठबस!

रुपन्देहीका क्षेत्र १, ४ र ५ : कांग्रेस–एमालेको पुरानो द्वन्द्व, रास्वपाको युवा चुनौती र नेकपाको मधेस कार्ड !

रुपन्देही–२ : विष्णु पौडेल र चुन्नु पौडेलबीच ‘क्लासिक’ प्रतिस्पर्धा, रास्वपाले कति मत काट्ला ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com