ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

राजधानी व्यवस्थापनमा सबै लाग्नुपर्छ : मुख्यमन्त्री गिरी


एबीसी / संवाददाता

देउखुरी, १६ माघ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीले प्रदेशको स्थायी राजधानी सर्छ कि भन्ने भ्रममा नपर्न सचेत गराएका छन् । दाङको घोराही उपमहानगरपालिकाको ४५औँ स्थापना दिवसका अवसरमा आज आयोजित समारोहमा उनले राजधानी फर्किनेभन्दा पनि उचित कार्यान्वयनको प्रक्रियामा अघि बढेको बताए ।

मुख्यमन्त्री गिरीले कसैकसैले राजधानी जान्छ कि भन्ने शंका गर्ने गरेकामा अब दाङबाट राजधानी कुनै हालतमा कतै नजाने बताए । लुम्बिनी प्रदेशका सबै नागरिकलाई पायक पर्ने स्थानमा राजधानी स्थापित गर्नका लागि सबैले सहयोग गर्नुपर्ने उनको भनाइ थियो । उनले राजधानी कार्यान्वयनको प्रक्रियामा अघि बढेको हुँदा सबैमा ढुक्क हुन आग्रह गरे ।

मुख्यमन्त्री गिरीले अब राजधानी दाङमै हुने हुँदा यसका लागि बाँकी चरणका काम यहाँका सबै तह र तप्का, निकायसँग सहकार्य गरेर कार्यान्वयन गरेर अघि बढ्ने अवगत गराए । “कसैकसैलाई अझै पनि भ्रम छ, कि फेरि राजधानी बुटवलमै फर्कन्छ कि भनेर, अब राजधानी फर्कंदैन । ढुक्क हुनुस् । अब राजधानी दाङमा हुन्छ, राजधानी देउखुरीमा हुन्छ, यो आशङ्का कोही कसैले नराख्नूस्”, उनले भने, “बाँकी चरणका काम यहाँका सबै तहतप्का, निकायसँग सहकार्य गरेर कार्यान्वयन गरेर अघि बढ्नेछौँ ।”

दाङ उपत्यकालाई पर्यटनको महत्त्वपूर्ण गन्तव्यका रूपमा अघि बढाउने संकल्प पूरा गर्न सक्छौँ भन्ने सोचसहित तत्कालीन संस्थापक मुख्यमन्त्री शंकर पोखरेल नेतृत्वको सरकारले अघि बढाएको स्मरण गर्दै वर्तमानमा सबैको माया, सद्भावले प्रदेशको नेतृत्व गर्ने मौका आफूले पाएको हुँदा वर्तमान सरकारले यहाँका तमाम विकासका योजना, कार्यक्रम नजिकबाट कार्यान्वयन गर्न, घोराही तुलसीपुर चारलेन सडक पूर्वाधार विकासको कामलाई पूर्णता दिन गम्भीररूपमा अघि बढेको बताए ।

यसैगरी, विगतको प्रदेशसभाले प्रदेशको स्थायी राजधानी दाङको देउखुरी राप्ती उपत्यकामा स्थापना गर्ने निर्णयलाई भौतिकरूपमा निर्माण गरेर सम्पन्न गर्न केही समय लागे पनि पूरा हुने बताए । “बुटवलमा बसेर यहाँको राजधानी निर्माण गर्न सकिँदैन भन्ने हामीलाई लाग्यो त्यसैले अहिले हामी देउखुरीबाट संघीय सरकारले प्रदान गरेको सबै खाले कामकारबाहीदेखि लिएर राजधानी निर्माणलगायत प्रदेश सरकारको कामकाज सुरु गर्न सबै मन्त्रालय देउखुरीमै राख्ने गरी संयोजन गर्न थालेका छौँ”, उनले भने, “कतिपय अप्ठ्यारा आउँदाखेरि देउखुरीका तीनवटा पालिकासहित लमहीलाई पनि जोडेर तथा आवश्यक परेमा घोराही उपमहानगरपालिका र अरू सीमा जोडिएका अरू पालिकालाई जोडेरसमेत सहभागी गराएर तपाईंहरूको साथ लिएर राजधानी निर्माणको कामसँगै प्रदेश सरकारको काम अघि बढाउने चरणमा छौँ ।”

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

दक्षिण तथा पूर्वी एशियामा बाढी पहिरोमा ज्यान गुमाउनेको सङ्ख्या साढे ११ सय नाघ्यो

सम्बन्धित

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

आज पोखरामा एकता सन्देश सभा गर्दै नेकपा

आज कति छ काठमाडौँको तापक्रम ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com