ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सुनवलमा दोश्रो औद्योगिक व्यापार मेला सुरु


एविसी संवाददाता

पश्चिम् नवलपरासी । कृषि,पर्यटन र व्यापार राष्ट्र निर्माणकोे बलियो आधार भन्ने मुल नाराका साथ पश्चिम नवलपरासीको सुनवलमा आजदेखी दोश्रो औद्योगिक व्यापार मेला २०७९ सुरु भएको छ।

उद्योग बाणिज्य संघ सुनवलको आयोजनामा सुनवल हाटवजार स्थालमा मेला संचालन भएको हो।

व्यापार मेलाको आज भव्य समारोहका विच कानून न्याय तथा संसदीय मामीला मन्त्री धुब्र बहादुर प्रधानले उद्घाटन गरेका छ्न्।

मेलाको समुद्घाटन गर्दै मन्त्री प्रधानले अहिलेको सरकार जनातालाई कसरी खुसी राख्ने भन्ने सोचका साथ अगाडी बढेको बताए।

उनले नवलपरासीको समग्र विकासका निम्ति अन्य मन्त्रालयसंग समेत छलफल परामर्श गरीरहेको बताए । अहिले उद्योगी व्यवसायीहरु समेत धरासयी भएको अवस्थालाई मध्यनजर गर्दै उद्योगीहरुको समस्या समाधानका लागि क्याविनेटमा छलफल भईरहेको मन्त्री प्रधानले बताए ।

कार्यक्रममा लुम्बिनी प्रदेश सभा सदस्य खड्ग बस्नेतले यस क्षेत्रको हरेक विकासमा आफ्नो सहयोग रहने बताए। उनले यस क्षेत्रको भौतिक,समाजिक,शैक्षिक लगायत समग्र विकासमा आफु निरन्तर लागिरहने बताए ।

यस क्षेत्रका उद्योगी,व्यापार व्यवसाय,कृषिको प्रवद्र्धन गर्न र सुनवलको पहिचानका लागि मेलाको आयोजना गरीएको मेला आयोजक संस्था उद्योग वाणिज्य संघ सुनवलका अध्यक्ष रमेश कर्माचार्यले बताए ।

आगामी माघ २२ गतेसम्म सञ्चालन हुने मेलामा नेपालका घरेलु साना, सम्झौला तथा ठूला उद्योगहरुका अतिरिक्त बिदेशका बस्तुहरु र पहाडी कृषि जन्यका गरी १५० स्टल रहेका संघका वाणिज्य उपाध्यक्ष तथा मेला आर्थिक समिति संयोजक लेखनाथ खरेलले जानकारी दिए । मेलामा १ लाख दर्शकले अवलोकन गर्ने र मेलाबाट करिव १० करोड वरावरको कारोबार गर्ने लक्ष्य राखिएको उनले बताए ।

मेला अवलोकनका लागी जेष्ठ नागरिकलाई निशुल्क टिकटको व्यवस्था,विद्यार्थिलाई ७० र अन्यलाई १०० रुपैया टिकटको व्यवस्था गरीएको संघका महासचिव एव प्रचार प्रसार समिति संयोजक तथा मेला प्रवक्ता तेजु भण्डारीले जानकारी दिए।

मेलालाई प्रर्दशनी तथा बिक्री कक्ष, संस्कृतिक तथा सांगितीक क्षेत्र, बाल उद्यान तथा मनोरञ्जन क्षेत्र र खानपान क्षेत्र गरी मुख्य चार भागमा बिभाजन गरिएको छ।

मेलामा स्थानिय कलाकार तथा राष्ट्रिय कलाकारहरुको समेत बिजोड प्रस्तुती रहने संघका सदस्य एवं सांस्कृतिक संयोजक रमेश पराजुलीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सहिदहरूको सपना पूरा गर्न सबै एकजुट होऔँ : प्रधानमन्त्री

काठमाडौं, १६ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सहिदको सपना पूरा गर्न सबै एकजुट हुनुपर्नेमा जोड दिएका छन् । सहिद दिवसको अवसरमा सोमबबार लेनचौरस्थित सहिद

ग्वार्काेमा कार र ट्याक्सी ठोक्किँदा २ जनाको मृत्यु, ६ जना घाइते

ललितपुर, १६ माघ । ललितपुरको ग्वार्काेमा कार र ट्याक्सी आपसमा ठोक्किँदा दुईजनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् । ग्वार्कोस्थित बि एण्ड

समृद्धिको दूरगामी यात्रालाई पुनः अगाडि बढाउने प्रयासमा अघि बढिरहेका छौँ : ओली

काठमाडौँ, १६ माघ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले समाज र राष्ट्रको हितमा निःस्वार्थरुपमा सक्रिय हुँदै अघि बढ्न सबैलाई प्रेरणा मिलोस् भन्ने कामना गरेका

सम्बन्धित

राजधानी व्यवस्थापनमा सबै लाग्नुपर्छ : मुख्यमन्त्री गिरी

राजस्व अधिकृत रामजी रिजाललाई गैरकानुनी सम्पत्ति आर्जन मुद्दामा ६ महिना कैद सजाय

टरिगाउँमा आजदेखि सीता एयरले उडान भर्दै

कामपाले दियो खड्गी समुदायका गुठीलाई ४७ लाख

निगमले टिकट बिक्री प्रभावकारी बनाउने

सेयर बजार दोहोरो अंकले वृद्धि

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2023 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com