भैरहवा – जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) को राजनीतिक वैधता र वैचारिक आधारमाथि कडा प्रहार गरेका छन्। रुपन्देहीको भैरहवामा सोमबार आयोजित पत्रकार सम्मेलनमा उनले मधेसी जनताले पहिचान र अधिकारका लागि रगत बगाएको समयमा बालेन कहाँ थिए ...