ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चुनावको मुखमा रास्वपा पहिरो जाने क्रम थामिएनः हल्लियो वैकल्पिक शक्तिको आधार


एबीसी न्यूज
फाल्गुन ११, २०८२ सोमबार  ६ : २५ बजे

काठमाडौं । नयाँ राजनीतिक शक्तिका रूपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) यतिबेला आफ्नै घरभित्रको झगडा र पार्टी छोड्नेको लहर निराश बन्दै गएको छ । प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा पार्टीका संस्थापक सदस्यदेखि केन्द्रीय तहका पदाधिकारी, प्रदेश नेतृत्व र वडा तहका सभापतिसम्मले सामूहिक रूपमा राजिनामा दिएपछि रास्वपाको संगठनात्मक स्थायित्वमाथि प्रश्न उठेको छ।

चुनावी माहोल तातेको बेला आएको यो झट्कालाई राजनीतिक वृत्तमा ‘सामान्य असन्तुष्टि’ भन्दा बढी गहिरो संकटको संकेतका रूपमा हेरिएको छ।

केन्द्रीय तहका प्रमुख राजीनामा

  • सन्तोष परियार (केन्द्रीय सचिवालय सदस्य तथा संस्थापक नेता) : पार्टी निर्माणमा उल्लेखनीय भूमिका खेलेका परियारले राजीनामा दिएपछि केन्द्रीय तहमा ठूलो झट्का लागेको छ ।
  • प्रणयशमशेर राणा (एनआरएन विभाग उपप्रमुख) : गैरआवासीय नेपाली समुदायसँग सम्बन्ध सुदृढ पार्ने जिम्मेवारीमा थिए । उनले पार्टीको आर्थिक अपचलन र पारदर्शिताको कमी औंल्याएका छन् ।
  • सुमना श्रेष्ठ (केन्द्रीय सदस्य) : महिला नेतृत्वको प्रतिनिधित्वमा महत्त्वपूर्ण थिइन् । उनको प्रस्थानले पार्टीको समावेशी छविमा असर पारेको छ ।
  • दिनेश आचार्य (केन्द्रीय वित्त विभाग सदस्य) : आर्थिक व्यवस्थापन र स्रोत परिचालनमा मुख्य भूमिका निर्वाह गरेका थिए ।

प्रदेश तथा जिल्ला तहको असन्तुष्टि

  • दिनेश हुमागाईं (बागमती प्रदेश उपसभापति) : काभ्रेमा पार्टी स्थापित गराउन मुख्य भूमिका खेलेका हुमागाईंले संरचनागत विकृति, आर्थिक अपारदर्शिता, नैतिक विचलन र नेतृत्वको व्यक्तिकेन्द्रित निर्णयलाई मुख्य कारण बनाएका छन् ।
  • ममता शर्मा (मधेश प्रदेश संस्थापक सभापति) : मधेशमा पार्टीको जग बसालेकी शर्माले अपारदर्शिता, टिकट वितरणमा मनोमानी र पार्टीको मूल्य–विधान विपरीत कार्यशैली भएको आरोप लगाएकी छन् । उनले भनेकी छन्, “जान्नेलाई छान्ने नारा उल्टो भयो, दैनिक पार्टी छाड्नेहरू बढ्दै छन् ।”
  • उर्मिला भुर्तेल (संस्थापक सदस्य) : स्थापनाकालदेखि सक्रिय रहेकी भुर्तेलले पनि नेतृत्व शैलीप्रति असन्तुष्टि जनाएकी छन् ।
  • अशोककुमार थापा (नुवाकोट जिल्ला सदस्य) : जिल्लामा सांगठनिक विस्तारमा योगदान दिएका थिए ।

स्थानीय तहका राजीनामा

  • गुप्तसेन ठकुरी (सुस्ता गाउँपालिका उपसभापति)
  • कमला रावल पाण्डे (नुवाकोट नेतृ)
  • जीतबहादुर हरिजन (बर्दघाट नगरपालिका–१३ सभापति, नवलपरासी) : टिकट विवादपछि राजीनामा दिएका छन् ।
  • पवन चौधरी (बारा जिल्ला संगठन विभाग प्रमुख) : पार्टी छोडेपछि बारा क्षेत्रमा ठूलो प्रभाव परेको छ ।

संस्थापनकै अनुहार बाहिरिँदा

रास्वपाको स्थापना कालदेखि सक्रिय मानिएका केन्द्रीय सचिवालय सदस्य सन्तोष परियारले पार्टी परित्याग गरेपछि पहिलो पटक नेतृत्वमाथि खुलेर प्रश्न उठेको थियो। पार्टी निर्माण, नीति बहस र संगठन विस्तारमा उनको भूमिका उल्लेखनीय मानिन्थ्यो।

एनआरएन विभागका उपप्रमुख प्रणयशमशेर राणा पनि बाहिरिएर नेपाली कांग्रेसमै फर्केका छन्। गैरआवासीय नेपालीसँग सम्बन्ध विस्तार गर्ने जिम्मेवारी सम्हालिरहेका राणाको बहिर्गमनले पार्टीको अन्तर्राष्ट्रिय सञ्जालमा असर पर्ने निश्चित छ ।

केन्द्रीय सदस्य सुमना श्रेष्ठ र वित्त विभाग सदस्य दिनेश आचार्यको राजिनामाले नेतृत्वको समावेशिता र आर्थिक व्यवस्थापन क्षमतामाथिको समेत बहस झन चर्किरहेको छ ।

प्रदेशदेखि स्थानीय तहसम्म असन्तुष्टि

बागमती प्रदेशका उपसभापति दिनेश हुमागाई र मधेश प्रदेशकी संस्थापन सभापति ममता शर्माले पार्टी छाडेपछि प्रदेश संगठनमा तरंग नै उत्पन्न भएको छ।
विशेषगरी मधेशमा पार्टीको आधार निर्माणमा सक्रिय रहेकी शर्माको बहिर्गमनलाई रणनीतिक क्षति मानिएको छ।

नुवाकोट, बर्दघाट, बारा र सुस्ता लगायत स्थानीय तहका सभापति तथा जिल्ला जिम्मेवार नेताहरूको राजिनामाले रास्वपाभित्रको अव्यवस्थापनलाई स्पष्ट गरेको छ । यसले असन्तुष्टि शीर्ष तहमा मात्र सीमित छैन, जमिनी तहसम्म फैलिएको छ भन्ने देखाएको छ ।

किन बढ्यो असन्तुष्टि ?

राजिनामा दिएका अधिकांश नेताहरूले औपचारिक रूपमा विस्तृत कारण सार्वजनिक नगरे पनि राजनीतिक विश्लेषकहरू केही साझा कारण औँल्याउँछन्—

–उम्मेदवारी छनोट प्रक्रियामा असन्तोष
–निर्णय प्रक्रियामा केन्द्रीकरण
– आन्तरिक लोकतन्त्रको अभ्यास कमजोर
– नीति र कार्यक्रमभन्दा व्यक्तिकेन्द्रित छविको हावी

रास्वपा वैकल्पिक राजनीतिक संस्कारको वकालत गर्दै उदाएको दल हो। त्यसैले अपेक्षा पनि उच्च देखिनु स्वभाविक थियो । ती अपेक्षा र व्यवहारबीचको दूरी नै असन्तुष्टिको जरो हुनसक्ने अनुमान गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

धादिङ बस दुर्घटनाः मृतक १८ पुगे, ४ महिला र १ विदेशीको पनि मृत्यु

धादिङमा बस दुर्घटना : घाइते २८ जनाको सनाखत (सूची)

सम्बन्धित

धादिङ बस दुर्घटनाः मृतकको संख्या १८ पुग्यो, ४ महिला र १ विदेशीको पनि मृत्यु, , २८ जना घाइतेको पहिचान खुल्यो

धादिङ बस दुर्घटनाः मृतक १८ पुगे, ४ महिला र १ विदेशीको पनि मृत्यु

धादिङमा बस दुर्घटना : घाइते २८ जनाको सनाखत (सूची)

ट्रम्प निवासमा हतियारधारी प्रवेश : सुरक्षाकर्मीले गोली हानी हत्या

त्रिशूलीमा बस खस्यो : १७ जनाको घटनास्थलमै मृत्यु, २४ घाइते

घण्टी बजाउँदै चुनाव प्रचार : आयोगको डण्डा, रास्वपा र राप्रपाबीच आरोप–प्रत्यारोप

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com