ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ४, २०८३ बिहीबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कार्की आयोगको प्रतिवेदन चुनावपछि मात्रै, १० हजार भिडिओबाट सयौँको पहिचान, आगजनीमा संलग्न ९ व्यक्ति प्रतिनिधिसभाका उम्मेदवार


एबीसी न्यूज
फाल्गुन ११, २०८२ सोमबार   २ : ३५   बजे

काठमाडौं, ११ फागुन । भदौ २३ र २४ गते भएका आगजनी, तोडफोड र लुटपाटका घटनाको छानबिन गरिरहेको गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदन निर्वाचनअघि सार्वजनिक नहुने संकेत देखिएको छ। आयोगले प्रतिवेदन लेखन कार्य अन्तिम चरणमा पुगेको जनाएको भए पनि सरकारले चुनावी वातावरणमा असर पर्न सक्ने आकलनसहित आयोगको म्याद थपेको स्रोतको भनाइ छ।

आयोग स्रोतका अनुसार विशेषगरी भदौ २४ मा भएका हिंसात्मक गतिविधिसम्बन्धी करिब १० हजार भिडिओ क्लिप संकलन गरिएको छ। ती फुटेज सुरक्षा निकाय, राजनीतिक दल, सर्वसाधारण, निजी उद्योग–व्यवसाय तथा घरका सीसीटिभीबाट संकलित हुन्।

भिडिओ तथा फोटो विश्लेषणका आधारमा ५ सयभन्दा बढी व्यक्तिको पहिचान भइसकेको र उनीहरूमाथि कारबाही सिफारिस गर्ने तयारी रहेको बताइएको छ। सिफारिसको सूचीमा करिब ९ जना प्रतिनिधिसभा सदस्यका उम्मेदवारसमेत परेका छन्। आयोग स्रोतले तीमध्ये अधिकांश राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सँग सम्बद्ध रहेको दाबी गरेको छ। यद्यपि आयोगले नाम सार्वजनिक गरेको छैन।

भदौ २३ को घटनाबारे भने आयोग प्रत्यक्ष रूपमा कसैलाई दोषी किटान गर्ने निष्कर्षमा नपुगेको बताइएको छ। घटनाको क्रममा सुरक्षाकर्मीको भूमिका, कमाण्ड चेन र राजनीतिक तहको जिम्मेवारीबारे विश्लेषण गर्दै भविष्यमा यस्ता घटना दोहोरिन नदिन नीतिगत सुझाव समेटिने जनाइएको छ।

आयोगका प्रवक्ता विज्ञानराज शर्माका अनुसार प्रतिवेदन तयार भइसकेपछि सरकारलाई बुझाइनेछ। त्यसपछि प्रतिवेदन सार्वजनिक गर्ने वा नगर्ने निर्णय मन्त्रिपरिषद्ले गर्नेछ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

ई–पासपोर्ट खरिदमा नयाँ मोड : आरजु राणा देउवालाई बयानका लागि अख्तियारको म्याद

संसदमा तीन मन्त्रीको जबाफः सरकारको प्राथमिकतामा पूर्वाधार, विपद् व्यवस्थापन र शिक्षा !

सम्बन्धित

ई–पासपोर्ट खरिदमा नयाँ मोड : आरजु राणा देउवालाई बयानका लागि अख्तियारको म्याद

संसदमा तीन मन्त्रीको जबाफः सरकारको प्राथमिकतामा पूर्वाधार, विपद् व्यवस्थापन र शिक्षा !

लिङ्देनमाथि राप्रपा छाडेका दिलविकास राजभण्डारीको आरोप नै आरोप

कोलम्बियाको विजयी सुरुवात

तुइनखोलामा पहिरो हटाएर नारायणगढ–मुग्लिन सडक खण्डमा यातायात सञ्चालन

पूर्व र मध्य भेगमा वर्षा, बागमतीदेखि सुदूरपश्चिमसम्मको तराई भेगमा गर्मी बढ्ने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group