काठमाडौ १० साउन । हिमाली जिल्ला सोलुखुम्बुको ८२ मेगावाट क्षमताको तल्लो सोलु जलविद्युत् आयोजनाको विद्युत् राष्ट्रिय प्रसारणमा जोडिएको छ । सोलुखोलामा निर्माणसम्पन्न आयोजनाको सोलु करिडोरको १३२ केभी डबल सर्किट प्रसारण लाइनमार्फत तिङ्ला सबस्टेशन हुँदै राष्ट्रिय ग्रिडमा जोडिएको हो । निजी लगानीमा बनेको यो आयोजना उत्पादन ...