ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ४, २०८३ बिहीबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ट्रम्पको धाकधम्कीलाई मोदीले गरे अटेरी


abc news
श्रावण १९, २०८२ सोमबार   ५ : ५४   बजे

काठमाडौ १९ साउन । रुसी तेल किनेको भन्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतमाथि दबाब सिर्जना गरिरहेका छन्। तर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ट्रम्पको धाकधम्कीलाई अटेरी गरेका छन्। उनको सरकारले रुसी तेल किन्ने क्रम जारी राख्ने संकेत दिएको छ।

मोदी सरकारले भारतका तेल प्रशोधन गर्ने उद्यमीहरूलाई रुसी तेल आयात बन्द गर्न निर्देशन दिएको छैन। सरकारी र निजी दुवैखाले कम्पनीलाई आफूले चाहेको स्थानबाट कच्चा तेल किन्न भनिएको छ।

गत शनिबार मोदीले विश्वको अवस्था अनिश्चित रहेका बेलामा भारतको आर्थिक हितको रक्षा गर्नु महत्त्वपूर्ण रहेको बताएका थिए। त्यसको केही दिनअघि मात्र ट्रम्पले भारतविरुद्ध २५ प्रतिशत भन्सार महसुल र त्यसमाथि रुसी तेल किनेकोमा जरिवाना लगाउने घोषणा गरेका थिए।

मोदीले भारतीय सामान किन्न पनि जनतालाई आह्वान गरेका छन्।

युक्रेन युद्ध रोक्नका लागि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई दबाब दिइरहेका ट्रम्पको निसानामा यतिबेला भारत परेको छ। भारतप्रति उनका गुनासैगुनासा छन्। भारतले एकतर्फी उच्च भन्सार लगाएको, तेल किनेर युद्धमा रुसलाई सहयोग गरेको, ब्रिक्समा लागेर अमेरिकाविरुद्ध काम गरेको उनको आरोप छ।

उनले रुस र भारतको निकट सम्बन्धलाई लक्षित गर्दै भनेका थिए, ‘तिनीहरू आफ्नो मृत अर्थतन्त्रलाई सँगै समाप्त पारून्, मलाई वास्ता छैन।’

पछिल्लो समय भारत रणनीतिक रुपमा पश्चिम निकट हुँदै जाँदा अमेरिकाले रुससँग दिल्लीको ऐतिहासिक सम्बन्धलाई नजरअन्दाज गर्ने गरेको थियो। किनकि अमेरिका भारतलाई एसियामा चीनको प्रतिभारको रुपमा स्थापित गर्न चाहन्थ्यो।

तर, अहिले आएर पुटिनविरुद्ध आफ्नो हात माथिबाट पार्न ट्रम्पले त्यो अमेरिकी रणनीतिलाई किनारा लगाएको देखिन्छ। जतिसुकै नाकाबन्दी लगाए पनि रुसी अर्थतन्त्र धराशायी नभएको स्थितिमा ट्रम्प रुसको आर्थिक आधारहरू भत्काउन चाहन्छन्।

हुन त रुसको सबैभन्दा प्रमुख आर्थिक र कूटनीतिक समर्थक भारत होइन, चीन हो। तर, चीनलाई यसरी दबाब दिने स्थितिमा ट्रम्प छैनन्। किनकि अमेरिकालाई प्रविधिसम्बन्धी सामान उत्पादन गर्न नभई नहुने दुर्लभ खनिज पदार्थमा चीनको पकड छ। चीन र अमेरिकाबीच सम्बन्ध स्थिर बनाउने लक्ष्यले विभिन्न चरणमा वार्ता भइसकेको छ।

‘राष्ट्रपति ट्रम्पको भारत र प्रधामन्त्रीसँग एकदमै राम्रो सम्बन्ध छ र त्यसलाई कायम राख्न चाहनुहुन्छ। तर, युक्रेन युद्धलाई भइरहेको आर्थिक सहयोगका विषयमा हामी यथार्थमा ओर्लिन जरुरी छ,’ ट्रम्पका डेपुटी चिफ अफ स्टाफ स्टिफन मिलरले आइतबार भनेका छन्, ‘त्यसैले, कूटनीतिक, वित्तीयसहित सबै विकल्प खुला छन् ताकि जारी युक्रेन युद्ध रोकेर शान्ति प्राप्त गर्न सकियोस्।’

ट्रम्पले जरिवानाको धम्की दिए पनि भारतले रुसी कच्चा तेल किन्न जारी राख्ने भारतीय अधिकारीहरूलाई उधृत गर्दै शनिबार न्युयोर्क टाइम्सले जनाएको थियो।

अमेरिकासँगको तनावका बीच भारतको सेयर बजारमा बढोत्तरी जारी छ।

तनाव बढे पनि भारतले अमेरिकासँगको व्यापार वार्तालाई अघि बढाइरहेकै छ। तर, उसले ज्यादा सहुलियत नदिने विश्लेषकहरूको अनुमान छ। खासगरी हालै भारत र बेलायतबीच भएको व्यापार सम्झौतालाई हेर्दा।

बेलायतसँगको सम्झौतामा पनि मोदी कृषि, डेरीजस्तो संवेदनशील क्षेत्रमा खुलापन अपनाउन तयार भएनन्। यी क्षेत्रहरूमा अमेरिका पनि प्रवेश गर्न चाहन्छ।

भारतको आगामी कदम ट्रम्पका कदममा निर्भर हुने अर्थशास्त्रीहरूको भनाइ छ। यस विषयमा अमेरिका र भारतबीच यसै महिना वार्ता हुनसक्ने पनि बताइएको छ।

‘हामी हाम्रो अडानमा रहनेछौँ र कृषि र डेरी क्षेत्रमा अमेरिकालाई पहुँच दिने छैनौँ,’ ब्लुमबर्गले एक भारतीय अधिकारीको भनाइ उधृत गरेको छ।

‘हाम्रा किसान, हाम्रा साना उद्योगको हित अनि हाम्रा युवाको रोजगारी सबैभन्दा महत्त्वपूर्ण छन्,’ शनिबार मोदीले भनेका थिए। एजेन्सी

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

ई–पासपोर्ट खरिदमा नयाँ मोड : आरजु राणा देउवालाई बयानका लागि अख्तियारको म्याद

संसदमा तीन मन्त्रीको जबाफः सरकारको प्राथमिकतामा पूर्वाधार, विपद् व्यवस्थापन र शिक्षा !

सम्बन्धित

ई–पासपोर्ट खरिदमा नयाँ मोड : आरजु राणा देउवालाई बयानका लागि अख्तियारको म्याद

संसदमा तीन मन्त्रीको जबाफः सरकारको प्राथमिकतामा पूर्वाधार, विपद् व्यवस्थापन र शिक्षा !

लिङ्देनमाथि राप्रपा छाडेका दिलविकास राजभण्डारीको आरोप नै आरोप

कोलम्बियाको विजयी सुरुवात

तुइनखोलामा पहिरो हटाएर नारायणगढ–मुग्लिन सडक खण्डमा यातायात सञ्चालन

पूर्व र मध्य भेगमा वर्षा, बागमतीदेखि सुदूरपश्चिमसम्मको तराई भेगमा गर्मी बढ्ने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group