काठमाडौ १९ साउन । न्याय परिषद् बैठक जारी छ। प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतको अध्यक्षतामा न्याय परिषद् सचिवालय बैठक बसिरहेको हो।
आजको बैठकले ठूलो संख्यामा न्यायाधीश नियुक्ति तथा सरुवा गर्न सक्नेछ।
उच्च अदालतमा करिब २ दर्जन न्यायाधीश नियुक्ति गर्नुपर्नेछ। त्यस्तै उच्च र जिल्लाका न्यायाधीशको सरुवाको पनि तयारी भइरहेको छ।
रिक्त न्यायाधीशमा अदालतका अधिकृतहरू, सरकारी वकिल, कानुन अधिकृतहरू, कानुन व्यवसायीहरूबाट उच्चमा अदालतमा न्यायाधीश नियुक्ति गर्ने कानुनी व्यवस्था छ।







प्रतिक्रिया दिनुहोस्