ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रास्वपाले गर्‍यो हङकङमा संगठन विस्तार, संयोजक तोकिए झम गुरुङ


abc news

काठमाडौ १९ साउन । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले हङकङमा संगठन विस्तार गरेको छ। पार्टीको प्रवास नेपाली सम्पर्क विभागले स्थानीय संयोजकको रूपमा झमबहादुर गुरुङलाई जिम्मेवारी तोक्दै आफ्नो संगठन हङकङसम्म पुर्‍याएको हो।

सम्पर्क विभागका सचिव पदमराज पन्थीले नेपालखबरलाई जानकारी गराएअनुसार झमबहादुर गुरुङ संयोजक रहने गरी जिम्मेवार तोकिएको छ। उनको संयोजनमा अब छिट्टै तदर्थ समिति बन्छ।

यो सँगै हङकङमा रास्वपा चलायमान हुन थालेको छ। जसको परिणामस्वरुप हिजो ९आइतबार० हङकङवासी रास्वपा समर्थकले भेला आयोजना गरेका छन्।

जोर्डनस्थित लाखे रेस्टुरेन्टमा आयोजना गरिएको भेलामा पार्टी सभापति रवि लामिछानेप्रति भइरहेको ‘प्रतिशोधपूर्ण’ व्यवहारविरुद्ध हस्ताक्षर संकलन गरिएको थियो।

शिवचन्द्र लिम्बू सहजकर्ता रहेको कार्यक्रममा अधिकांश वक्ताले रास्वपा रोज्नुपर्ने अवस्था, वर्तमान राजनीतिक परिस्थिति, रवि लामिछानेविरुद्ध भइरहेको ‘प्रतिशोधपूर्ण’ व्यवहार, पुराना पार्टीप्रति बढेको वितृष्णा, हाल आबद्ध पार्टी परित्याग गर्नुपर्नाका कारण लगायतका विषयमा बोलेको भेलाका एक सहभागीले जानकारी दिए।

हङकङ संयोजक झमबहादुर गुरुङले अब विकल्प रास्वपा भएकोले सबैलाई जोडिन आग्रह गर्दै कार्यक्रमको बिट मारेका थिए। बोल्ने क्रममा उनले आफू विगतमा एमालेमा रहेको र त्यहाँबाट परिवर्तन सम्भव नदेखेपछि रास्वपामा आएको सुनाए। साथै, सबैलाई मिसन ८४ मा सक्रियताका साथ लाग्न उनको आग्रह थियो।

संयोजक गुरुङले चाँडै नै ११ देखि २१ जनासम्मको कार्यसमिति गठन गर्ने पनि सहभागीलाई जानकारी गराएका थिए।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com