काठमाडौं २७ मंसिर । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंह बन्चरेडाँडा ल्यान्डफिल साइट पुगेका छन्। उनले बिहिबार स्थलगत अवलोकन गरी बन्चरेडाँडामा देखिएको समस्याबारे जानकारी लिएका छन्। उपप्रधानमन्त्री सिंहले फोहोरमैला व्यवस्थापनमा बन्चरेडाँडामा देखिएको समस्याबारे धेरै छलफल भएको उल्लेख गर्दै अब समाधानमा केन्द्रित हुनुपर्नेमा जोड दिएका छन्। ...