ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

परराष्ट्रमन्त्री राणा युरोपबाट सिधै दिल्ली जाने, के-के छ भ्रमण सूची ?


एबीसी न्यूज

काठमाडौं २७ मंसिर । परराष्ट्रमन्त्री आरजु राणा देउवा युरोपबाट भारत जाने भएकी छन् ।  नेदरल्यान्ड्सको हेग स्थित अन्तर्राष्ट्रिय न्यायालयमा आयोजित जलवायु परिवर्तनसम्बन्धी राष्ट्रहरुको दायित्व बारे ९० देशहरुको कार्यक्रममा भाग लिन गएकी मन्त्री राणा उतैबाट नयाँ दिल्ली पुग्ने कार्यसूची तय भएको परराष्ट्र मन्त्रालयको उच्च स्रोतले बतायो ।

हाल नेदरल्यान्ड्समा रहेकी मन्त्री राणाले जर्मनी र बेल्जियमको भ्रमण गर्नेछिन् । मन्त्री राणाले समकक्षी भारतीय विदेशमन्त्री एस जयशंकर भेट्न सक्ने सम्भावना रहेको स्रोतले बताएको छ । ‘उहाँ बेल्जियम र जर्मनी पुगेर उतैबाट दिल्ली उड्ने तयारीमा हुनुहुन्छ, बाँकी कार्यसूची छिटै थाहा हुन्छ,’ स्रोतले भन्यो ।

राणाले बेल्जियमका विदेशमन्त्री बर्नाड क्विन्टिनलाई ब्रसेल्समा, अनि जर्मनीका विदेशमन्त्री अन्नालेना बार्बोकसँग बर्लिनमा भेटवार्ता गर्नेछिन् ।

राणाले बर्लिनमा समान अधिकार सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिनेछिन् । त्यसपछि उनी २ पुस, मंगलबार बर्लिनबाट दिल्ली उड्नेछिन् । साउथ एसियन इकोनोमिक फाउन्डेसनले दिल्लीमा आयोजना गर्ने इन्डो नेपाल इकोनोमिक कन्क्लेभमा मन्त्री राणा सहभागी हुनेछिन् ।

विदेशमन्त्री जयशंकरसँग भेट्ने भ्रमणसूची तय भइनसके पनि दुई मन्त्रीहरुको भेट हुन सक्ने उच्च सम्भावना रहेको स्रोतले बतायो ।

मन्त्री राणा २२ मंसिरमा हेग उडेकी थिइन् । उनले त्यहाँ नेपालको तर्फबाट कुरा राख्दै विकसित मुलुकले उच्च कार्बन उत्सर्जन गर्दा नेपालजस्ता मुलुकले विना गल्ती भोग्नुपरेको क्षतिबारे आवाज उठाएकी थिइन् ।

चीनबाट अघिल्लो साता प्रधानमन्त्री केपी ओलीसँगै फर्केकी राणाले लगत्तै भारत भ्रमण गर्न लागेकी हुन् ।

 

 

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

पेट्रोल, डिजेल र मट्टीतेलको भाउ घट्यो

सहकारी ठगीमा रवि लामिछानेलाई मात्र सम्पत्ति शुद्धीकरण र संगठित अपराध अभियोगबाट उन्मुक्ति, ग्रे लिस्टको जोखिम

सम्बन्धित

केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गर्दै नेपाली कांग्रेस

मधेश प्रदेशमा हुस्सु र कुहिरोका कारण जनजीवन कष्टकर

निर्वाचन ४८ दिन बाँकी : के के हुन् मतदान अधिकृतको काम, कर्तव्य र अधिकार ?

चिसो बढे पनि ढोरपाटनमा घटेन पर्यटकको चहलपहल

सहकारी ठगीमा रवि लामिछानेलाई मात्र सम्पत्ति शुद्धीकरण र संगठित अपराध अभियोगबाट उन्मुक्ति, ग्रे लिस्टको जोखिम

६ वर्षमै सहमहामन्त्री बनेका कर्णबहादुर बुढादेखि तीन दशकको संघर्षपछि मुक्ताकुमारी यादवसम्म (८ जनाको प्रोफइलसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com