ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एमालेमा ओलीसँग तुलनायोग्य अर्को कुनै नेता छैन- उपाध्यक्ष पौडेल


एबीसी न्यूज

काठमाडौं २७ मंसिर ।   एमाले उपाध्यक्ष विष्णु पौडेलले पार्टीको ११औं महाधिवेशनमा अध्यक्षमा केपी शर्मा ओली नै निर्विकल्प रहेको बताएका छन् । उपप्रधान तथा अर्थमन्त्रीसमेत रहेका उपाध्यक्ष पौडेलले अध्यक्ष ओलीविरुद्ध आगामी महाधिवेशनमा कसैले पनि उम्मेदवारी नदिने ठोकुवा गरेका हुन् ।

राष्ट्रिय समाचार समितिसँगको कुराकानीमा उपाध्यक्ष पौडेलले सिंगो राष्ट्रलाई सफल नेतृत्व प्रदान गरेका कारण ओलीविरुद्ध कसैले उम्मेदवारी नदिने बताएका हुन् । अब हुने नेकपा ९एमाले०को एघारौँ राष्ट्रिय महाधिवेशन नीति र नेतृत्व दुवै प्रश्नमा पूर्ण सहमतिका साथ सम्पन्न हुनेछ । अन्य पदहरुमा निर्वाचन भएछ भने पनि मूल नेतृत्वमा, अध्यक्ष पदमा निर्वाचन हुने कुनै सम्भावना छैन । नेकपा एमालेलाई मात्र होइन, सिंगो राष्ट्रलाई सफल नेतृत्व प्रदान गर्नुभएका पार्टी अध्यक्ष केपी शर्मा ओलीज्यूका विरुद्ध कसैले उम्मेवारी दिन्छ भन्ने मलाई लाग्दैन, पौडेलले भनेका छन् ।

एमालेमा ओलीसँग तुलना गर्नयोग्य अरु कुनै नेता नै नभएको समेत उनले बताएका छन् । उहाँको क्षमता, सक्रियता र नतिजामूलक कामसँग तुलना गर्ने अर्को कुनै नेता नेकपा ९एमाले०मा छैन । अनि किन खोज्नु पर्‍यो नेतृत्वको विकल्प रु नेतृत्व भनेको रहरको विषय पनि होइन,ु उपाध्यक्ष पौडेलले भनेका छन् ।

त्यस्तै उपाध्यक्ष पौडेलले ओलीलाई ुविलक्षण प्रतिभाको धनीु को संज्ञासमेत दिएका छन् । त्यतिमात्र होइन, उनले ओलीलाई ुइनसाइक्लोपेडियाु नै भनेका छन् । उनी भन्छन्, ुउहाँ एकपटक देखेको, सुनेको र भोगेको प्रसंग कहिल्यै नबिर्सने असाधारण स्मरण शक्ति भएको ‘इन्साइक्लोपेडिया’ जस्तो विलक्षण प्रतिभाको पनि धनी हुनुहुन्छ ।ु अध्यक्ष ओलीमा अप्ठ्यारोलाई सजिलोसँग भोग्न सक्ने र सजिलोलाई सामान्य रूपमा लिन सक्ने असाधारण खुबी भएको समेत उनले बताएका छन् ।

एमालेभित्र कुनै अन्तरविरोधसमेत नभएको उपाध्यक्ष पौडेलको भनाइ छ । ुनेकपा ९एमाले० एउटा यस्तो पार्टी हो, जहाँ नीति र नेतृत्वको प्रश्नमा कुनै मतभेद छैन । हामी जनताको बहुदलीय जनवादको मार्गदर्शनमा नेपाली समाजको क्रान्तिकारी रुपान्तरणका लागि क्रियाशील छौँ । जनताको बहुदलीय जनवाद र दशौँ राष्ट्रिय महाधिवेशनका निष्कर्षहरुप्रति सिंगो पार्टी पंक्ति गहिरो विश्वास छ । त्यसैगरी पार्टी अध्यक्ष केपी शर्मा ओलीज्यूप्रति समस्त पार्टी पङ्क्तिको उच्च सम्मान र भरोसा छ,ु उनी भन्छन् ।

एमालेको विधानअनुसार हरेक ५ वर्षमा महाधिवेशन हुनुपर्छ । यसअघि २०७८ मंसिर १० देखि १३ सम्म चितवनको सौराहामा एमालेको दशौँ महाधिवेशन भएको थियो । उक्त महाधिवेशनमा ओलीका विरुद्ध भीम रावलले उम्मेदवारी दिएका थिए । सर्वसम्मत रूपमा नेतृत्व चयन गर्ने भनिए पनि विभिन्न पदमा प्रतिस्पर्धा भएको थियो । एमालेको विधानअनुसार ५ वर्षको अन्तरालमा महाधिवेशन गर्ने भनिए पनि ६र६ महिना गरी १ वर्षसम्म पछि सार्न सकिने व्यवसथा छ । विधानअनुसार एमालेले २०८३ मसिंरभित्र आगामी महाधिवेशन गर्नुपर्नेछ ।

 

 

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

पेट्रोल, डिजेल र मट्टीतेलको भाउ घट्यो

सहकारी ठगीमा रवि लामिछानेलाई मात्र सम्पत्ति शुद्धीकरण र संगठित अपराध अभियोगबाट उन्मुक्ति, ग्रे लिस्टको जोखिम

सम्बन्धित

मधेश प्रदेशमा हुस्सु र कुहिरोका कारण जनजीवन कष्टकर

निर्वाचन ४८ दिन बाँकी : के के हुन् मतदान अधिकृतको काम, कर्तव्य र अधिकार ?

चिसो बढे पनि ढोरपाटनमा घटेन पर्यटकको चहलपहल

सहकारी ठगीमा रवि लामिछानेलाई मात्र सम्पत्ति शुद्धीकरण र संगठित अपराध अभियोगबाट उन्मुक्ति, ग्रे लिस्टको जोखिम

६ वर्षमै सहमहामन्त्री बनेका कर्णबहादुर बुढादेखि तीन दशकको संघर्षपछि मुक्ताकुमारी यादवसम्म (८ जनाको प्रोफइलसहित)

महान्यायाधिवक्ताको कार्यालयको भूमिका: पहुँच र स्वार्थको छायाँमा फौजदारी न्याय प्रणालीको संकट

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com