काठमाडौं, २ माघ । हाल नेपालमा उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । शुक्रबार बिहान देशका तराई भूभागका केही स्थानहरूमा तुवाँलो लागिरहेको हो ।
साथै पहाडी तथा हिमाली भू(भागमा भने मौसम मुख्यतया सफा रहेको छ।त्यस्तै, शुक्रबार दिउँसो भने तराई भू(भागका केही स्थानहरूमा हुस्सु र कुहिरो लागेका कारण जनजीवन प्रभावित हुने भएको हो । कोशी र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागमा आंशिक बादल लाग्ने भएको छ । साथै बाँकी भू–भागमा भने मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको हो ।त्यस्तै, शुक्रबार राति भने तराई भू-भागका केही स्थानहरूमा हुस्सु लाने भएको छ । साथै,कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बादल लाग्ने र बाँकी भू-भागमा भने मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको हो।








प्रतिक्रिया दिनुहोस्