ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

तराईका विभिन्न ठाउँमा तापक्रम ४० डिग्रीभन्दा माथि पुग्ने अनुमान : सतर्कता अपनाउन आग्रह


एबीसी न्यूज
बैशाख ८, २०८३ मंगलबार  ८ : ०६ बजे

काठमाडौँ, ८ वैशाख । जल मौसम पूर्वानुमान महाशाखाले अबका केही दिन मधेश तथा तराईका विभिन्न ठाउँमा तापक्रम ४० डिग्री भन्दा माथि पुग्ने जनाएको छ ।

महाशाखाले विशेष बुलेटिन निकालेर अबको ३ दिन लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराईका केही ठाउँमा तापक्रम ४० डिग्रीभन्दा माथि पुग्ने भन्दै सतर्क रहन आग्रह गरेको हो । अबका ३ दिनसम्म कञ्चनपुर, कैलाली, डडेलधुरा, डोटी, बाँके, बर्दिया, दाङ, कपिलवस्तु र रुपन्देहीमा विशेष सतर्कता अपनाउन आग्रह गरिएको छ ।

साथै बागमती र गण्डकी प्रदेशका तराईका केही ठाउँमा तापक्रम ३८ डिग्री सेल्सियससम्म पुग्ने अनुमान छ । ती क्षेत्रमा पनि आवश्यक सावधानी अपनाउन महाशाखाको आग्रह छ । देशभर गर्मी बढ्दै गएको छ । तराई तथा मधेश क्षेत्रमा यसको प्रभाव थप बढेको छ ।

महाशाखाका अनुसार बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म अत्यधिक गर्मी हुने भएकोले यो समयमा सकेसम्म घर बाहिर ननिस्कन सुझाव छ । केही ठाउँमा पानी पर्ने सम्भावना भए पनि धेरै ठाउँमा गर्मी हुने भएकाले प्रशस्त मात्रामा पानी पिउन, हल्का, पातलो तथा उज्यालो रङका कपडा लगाउन, घाममा निस्कँदा टोपी वा छाता प्रयोग गर्न र लामो समयसम्म घाममा काम गर्नुपरेमा बीचरबीचमा आराम गर्न महाशाखाले आग्रह गरेको छ ।

नेपालमा पश्चिमी स्थानीय वायुका साथै पूर्वी नेपालको नजिक रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । यसको प्रभावले हिमाली भू–भागमा बादल लाग्नेछ । देशका हिमाली भागका एकरदुई ठाउँमा मेघ गर्जनरचट्याङसहित मध्यमसम्मको वर्षारहिमपातको सम्भावना छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

एमाले सचिवालय बैठक बस्दै, के छन् छलफलका एजेन्डा ?

ट्रम्प-सी शिखर सम्मेलनले के समाधान गर्न सकेन ?

सम्बन्धित

विस्थापित परिवारका बालबालिकालाई एसईईसम्म आवासीय छात्रवृत्ति उपलब्ध गराउँदै कामनपा

एमालेको सचिवालय बैठक सर्यो, सोमबार अध्यक्ष ओलीकै निवासमा बस्ने

सीईओ पाण्डेलाई हाजिरी जमानीमा छाड्न सर्वोच्चको आदेश, भेटिएन थुनेर अनुसन्धान गर्नुपर्ने कारण

काठमाडौँ उपत्यकामा मध्यम वर्षाको सम्भावना

काठमाडौंका विभिन्न शैक्षिक परामर्श केन्द्रबाट ६९ जना पक्राउ

१ सय रूपैयाँभन्दा बढीका सामानको भन्सार लिने व्यवस्थामा सर्वोच्चको रोक

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com