ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गृहमन्त्रीको विवादबारे रास्वपा केन्द्रीय समिति चुपचाप, उठेन कुनै प्रश्न


एबीसी न्यूज
बैशाख ७, २०८३ सोमबार  ८ : ४९ बजे

काठमाडौँ, ७ वैशाख । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठकमा ‘विवादितु गृहमन्त्री सुधन गुरुङबारे कुनै प्रसंग नै उठेन ।

गृहमन्त्री विवाद छताछुल्ल भएपछि सोमबार पार्टी केन्द्रीय कार्यालय चःमतीमा बसेको केन्द्रीय समिति बैठकमा विविध विषयमा १९ केन्द्रीय सदस्यले धारणा राखेका थिए ।

दुई मिनेटको समयमा उनीहरूले आफ्ना कुरा राखे । तर, कुनै पनि केन्द्रीय सदस्यले मुलुक नै रंगिएको गृहमन्त्री गुरुङको विवादबारे प्रश्न उठाएनन् ।

“बैठकमा १९ जना केन्द्रीय सदस्यले धारणा राख्नुभयो । तर, कसैले गृहमन्त्रीको प्रसंग नै उच्चारण गर्नुभएन,” स्रोतले भन्यो ।
सर्वत्र चासोको विषयमा नेताहरू किन मौन बसे भन्ने प्रश्नमा एक नेताले भने, ‘‘खासमा हाम्रो पार्टी पनि लास र दासको जस्तो लाग्यो।”
कांग्रेस सभापति गगन थापाले विशेष महाधिवेशनका बेलामा आफ्नो पार्टी दास र लासको पार्टी नभएको टिप्पणी गरेका थिए ।

के हो गृहमन्त्री तानिएको विवाद ?

गृहमन्त्री गुरुङले सम्पत्ति विवरण सार्वजनिक गरेसँगै विवादमा मुछिएका छन् । उनले सार्वजनिक गरेको सम्पत्ति विवरणमा आफूसँग रहेको सेयरको स्रोत नदेखाएपछि विवादमा तानिएका हुन् ।

जसकारण उनको सम्पत्तिको आयस्रोतमाथि प्रश्न उठेको हो । मन्त्रिपरिषद्मा बुझाएको विवरणमा उनले एकमुष्ट रुपमा २ करोड ७४ लाख ५६ हजार २ सय रुपैयाँ बराबरको सेयर दोस्रो बजारमा कारोबार भनेका छन् । जबकि उनकाबारेमा सन्चारमाध्यममा दुई कम्पनीमा मात्रै ५० हजार कित्ता सेयर रहेको खुलिसकेको छ ।

प्रहरी हिरासतमा रहेका व्यवसायी दीपक भट्ट समेत सेयरधनी रहेको कम्पनीमा गुरुङको समेत सेयर रहेको खुलेसँगै उनी विवादमा तानिएका हुन् ।

गृहमन्त्री गुरुङले लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्स र स्टार माइक्रो इन्स्योरेन्समा २५–२५ हजार कित्ता सेयर लगानी गरेका छन् । प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्य रहेको यो लगानीको स्रोत खुलाएका छैनन् ।

बैठकपछि गृहमन्त्रीको विषयमा सञ्चारकर्मीले राखेको प्रश्नमा प्रवक्ता मनिष झाले ठोस जवाफ दिएनन् । उनले न त पार्टीको कुरा भने आफ्नो धारणा सुनाए ।

उनले कुनै पनि सदस्यले प्रश्न नउठाएको हुँदा बैठकमा नेताले जवाफ दिन नपरेको उनले बताए ।ुुपार्टीले कुनै प्रश्न उठाउन पाउँदैन,बोल्न पाउँदैन भनेर रोकेको छैन ।आजको केन्द्रीय समिति बैठकमा कुनै सदस्यले विविध विषयअन्तर्गत प्रश्न उठाउनुभएको भए जवाफ दिन पार्टीका नेता, पदाधिकारी जवाफ दिन जिम्मेवार हुनुपर्थ्यो,” उनले भने ।
विषय नजरअन्दाज भने नगरिएको प्रवक्ता झाले बताए ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

गृहमन्त्री गुरुङको ‘२५ लाख’ बचाउ : ‘लुकाएको सेयर हो कि ‘वर्गीकरण’ ?

पार्टी निर्णयको पालना गर्छु, अनुसन्धानमा सहयोग गर्न तयार छु : गृहमन्त्री गुरुङ

सम्बन्धित

गृहमन्त्री गुरुङले लुकाए सेयर, स्पष्टीकरणमा पनि बोले झुट

दलीय विद्यार्थी तथा कर्मचारी संगठनका संरचनाहरू तत्काल हटाउन उपकुलपतिहरूलाई प्रधानमन्त्रीको निर्देशन

इराकबाहेक अन्य देशका लागि श्रम स्वीकृति खुला

ओली–लेखकलाई रिहा नगरे प्रधानमन्त्रीलाई नै गोली हान्छु’ भन्ने सानुभाइ समातिए

गृहमन्त्री गुरुङको ‘२५ लाख’ बचाउ : ‘लुकाएको सेयर हो कि ‘वर्गीकरण’ ?

पार्टी सभापति भेट्न गृहमन्त्री राति नै बूढानीलकण्ठमा , राजीनामाको दबाब तीव्र

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com