ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

उपप्रधानमन्त्री सिंहद्वारा काठमाडौँको फोहोर फाल्ने ठाउँ बन्चरेडाँडाको अनुगमन


एबीसी न्यूज

काठमाडौं २७ मंसिर । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंह बन्चरेडाँडा ल्यान्डफिल साइट पुगेका छन्।

उनले बिहिबार स्थलगत अवलोकन गरी बन्चरेडाँडामा देखिएको समस्याबारे जानकारी लिएका छन्।

उपप्रधानमन्त्री सिंहले फोहोरमैला व्यवस्थापनमा बन्चरेडाँडामा देखिएको समस्याबारे धेरै छलफल भएको उल्लेख गर्दै अब समाधानमा केन्द्रित हुनुपर्नेमा जोड दिएका छन्।

‘बारम्बार फोहोरको बारेमा प्रश्न उठेपछि स्थानीयस्तरमा फोहोरको व्यवस्थापन कसरी भइरहेको छरु जुन मापदण्डअनुसार हुनुपर्ने हो त्यहीअनुरूप भइरहेको छ कि छैन भन्नेबारे जानकारी लिनुभएको छ’, उपप्रधानमन्त्री सिंहको सचिवालयले भनेको छ,‘स्थानीयले उठाएका विषयहरू के हुन्, कसरी समाधान गर्न सकिन्छरु त्यसबारे समन्वय गरी तदारुकताका साथ काम गर्न उहाँले भन्नुभएको छ।’

त्यस्तै उपप्रधानमन्त्री सिंहले ल्यान्डफिल साइटको आयुबारे चासो राखेका थिए।

सहरी विकास मन्त्रालयका अधिकारीहरूका अनुसार वर्गीकरण नगरी फोहोर फाल्ने हो भने बन्चरेडाँडा ल्यान्डफिल साइट २० वर्षमै भरिनसक्छ। तर फोहोर वर्गीकरण गरेर मात्रै फाल्ने हो भने ल्यान्डफिल साइटको आयु ४० वर्षसम्म बनाउन सकिन्छ। फोहोर व्यवस्थापन वैज्ञानिक नभएको, जनस्वास्थ्यमा प्रतिकूल असर पर्ने गरी दुर्गन्ध फैलाइएको भनी बन्चरेडाँडाका बासिन्दाले सरकारको ध्यानाकर्षण गराइरहेका छन्।

फोहोरमैला व्यवस्थापन उच्चस्तरीय समितिको स‌ंयोजनको जिम्मेवारी सहरी विकास मन्त्रालयअन्तर्गत रहेकाले सहरी विकास मन्त्रीका रूपमा सिंहले बन्चरेडाँडामा देखिएका समस्या समाधान र स्थानीयले उठाएका मागमा चासो दिइरहेका छन्।

यही मंसिर ९ गते बसेको समितिको बैठकमा स्थानीय सरोकारवालाले उठाएका विषय समाधान गरी फोहोरमैला व्यवस्थापन सहज बनाउनुपर्नेमा उनले जोड दिएका थिए।

ल्यान्डफिल साइट अनुगमनमा उपप्रधानमन्त्री सिंहसहित विज्ञ र बन्चरेडाँडासँग सरोकार राख्ने मन्त्रालयका प्रतिनिधि सहभागी थिए।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

पेट्रोल, डिजेल र मट्टीतेलको भाउ घट्यो

सहकारी ठगीमा रवि लामिछानेलाई मात्र सम्पत्ति शुद्धीकरण र संगठित अपराध अभियोगबाट उन्मुक्ति, ग्रे लिस्टको जोखिम

सम्बन्धित

केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गर्दै नेपाली कांग्रेस

मधेश प्रदेशमा हुस्सु र कुहिरोका कारण जनजीवन कष्टकर

निर्वाचन ४८ दिन बाँकी : के के हुन् मतदान अधिकृतको काम, कर्तव्य र अधिकार ?

चिसो बढे पनि ढोरपाटनमा घटेन पर्यटकको चहलपहल

सहकारी ठगीमा रवि लामिछानेलाई मात्र सम्पत्ति शुद्धीकरण र संगठित अपराध अभियोगबाट उन्मुक्ति, ग्रे लिस्टको जोखिम

६ वर्षमै सहमहामन्त्री बनेका कर्णबहादुर बुढादेखि तीन दशकको संघर्षपछि मुक्ताकुमारी यादवसम्म (८ जनाको प्रोफइलसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com