काठमाडौ ६ भदौ । नेपाल शिक्षक महासङ्घले फेरि आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ । शिक्षा विधेयकमा आफूहरूका माग सम्बोधन नभएको भन्दै महासङ्घले असन्तुष्टि जनाउँदै आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो । महासङ्घले आज काठमाण्डौमा पत्रकार सम्मेलन गरी यही भदौ ९ गते प्रधानमन्त्री, शिक्षामन्त्री र राजनीतिक दलका ...