ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपालको सवैभन्दा ठूलो जेनजी विद्रोह जनयुद्ध नै हो : प्रचण्ड


एबीसी न्यूज

काठमाडौं ३ असोज । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा दशवर्षे जनयुद्धका कमाण्डर प्रचण्डले नेपालको इतिहासमा सवैभन्दा ठूलो जेनजी विद्रोह जनयुद्ध भएको बताएका छन् । संविधान दिवसको अवसरमा पार्टी कार्यालयमा भएको कार्यक्रममा प्रचण्डले जनयुद्धको शुरुवात र पहलकदमी गर्दा माओवादी आन्दोलनमा सवैभन्दा बढी जेनजी पुस्ताका हजारौं युवायवती संगठित भएको दावी गरेका छन् ।प्रचण्डले भने आज मैले त्यसबेलाको हिसाब गरें , सवैभन्दा बढी जनेजीहरु त माओवादी आन्दोलनमा नै थिए ।
प्रचण्डले जेनजी विद्रोहको अगतरणका लागि समे सहजीकरण गर्ने अवसर पाएको जानकारी गराए । भदौ २६ गते रातभर आफुले राष्ट्रपति र प्रधानसेनापतिसँग घनिभुत छलफल गरेको प्रचण्डले सविस्तार बताएका छन् । उनले भने वर्तमान राष्ट्रपति र त्यो संस्थाप्रति हाम्रो पनि अपनत्व छ । राष्ट्रपतिलाई म बधाई भन्न चाहन्छु उनले भने ।

जेनजी आन्दोलनको अवतरमा मैले सहजीकरण गरें

संविधान दिवसका अवसरमा भएको कार्यक्रममा बोल्दै प्रचण्डले यो संविधान जारी नगर्न सवैभन्दा बढी धम्की आफूले पाएको बताएका छन् ।
अहिले जेनजी विद्रोहले माओवादीले अघि सारेका योजना र कार्यक्रमलाई पुष्टि गरेको दावी गरेका छन् । भ्रष्टचार विरुद्ध र सुशासनका पक्षमा काम गरिरहेका कारण नै बेइमानहरुले सरकारबाट हटाएको दुखेसो समेत प्रचण्डले व्यक्त गरे ।


प्रचण्डले कांग्रेस र एमालेका नेताहरुलाई पटक पटक भूराजनीतिक तनाव र समाजमा गुम्सिएको आक्रोशबारे पटक पटक चेतावनी दिएको स्मरण गरे ।


जनेजी आन्दोलनलाई समर्थन गर्ने पहिलो पार्टी पनि माओवादी नै रहेको उनले दावी गरे ।
भदौ २३ गतेको नरसंहारले भदौ २४ को विध्वंस निम्तयाएको प्रचण्डको भनाई छ । आगजनी र तोडफोड नगरौं भन्ने जेनजी अगुवाहरुको अपिल विरुद्ध विध्वंस गरिएको प्रचण्डले बताए ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

नेपाली कांग्रेसमा गगन सभापति, विश्व र पुष्पा भुसाल उपसभापति(पूर्ण सूची)

चुनावको टाइमलाइनमै कांग्रेसी ट्विस्ट :सबथोक उल्टियो

सम्बन्धित

नेपाली कांग्रेसमा गगन सभापति, विश्व र पुष्पा भुसाल उपसभापति(पूर्ण सूची)

शासन परिवर्तनको समस्या

चुनावको टाइमलाइनमै कांग्रेसी ट्विस्ट :सबथोक उल्टियो

कांग्रेसमा तेस्रोपटक विभाजनः इतिहास, नेतृत्व र सुधारको द्वन्द्व

रवि लामिछानेविरुद्ध संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा फिर्ता (के के सजिलो भयो ?)

रविविरुद्धका संगठित अपराध र सम्पत्ति शुद्धिकरणको मुद्दा फिर्ता लिने निर्णय

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com