काठमाडौं, २ असोज । नेपाल वातावरण पत्रकार समूह (नेवापस)ले वातावरण पत्रकारिता पुरस्कारमा विशाल बस्नेतलाई सम्मानित गरेको छ ।
एविसी टेलिभिजन र सौर्य दैनिकको लागि महोत्तरीबाट वातावरण र दिगो विकासका विषयमा खोजमुलक समाचार लेख्दै आएका उनलाई ४० औ साधारणसभाको अवसरमा समूहले आज नगद र सम्मानपत्र प्रदान गरेको हो ।
गत वर्ष (सन् २०२४मा) वातावरण र दिगो विकासका विषयमा पत्रपत्रिका, रेडियो, टेलिभिजन तथा अनलाइनमा प्रकाशित–प्रसारित सामग्री र कार्यक्रमहरूबाट बस्नेत सर्वोत्कृष्ट चयन भएका थिए ।
समूहले पत्रकारहरूलाई प्रोत्साहन गर्न विगत ४ दशकयता वातावरण पत्रकारिता पुरस्कार प्रदान गर्दै आएको छ ।
पुरस्कारका लागि समूहले पत्रकारहरूलाई सन् २०२४ भरिका आफ्ना लेख–रचना तथा कार्यक्रम समावेश गरी आवेदन दिन आह्वान गरेको थियो । समूहका पूर्व अध्यक्ष तीर्थ कोइराला संयोजकत्वमा पूर्व महासचिव निमेष रेग्मी र विज्ञ सदस्य डा. विनोद भट्ट सम्मिलित ३ सदस्यीय निर्णायक मण्डलको सिफारिसका आधारमा बस्नेतलाई देशैभरीवाट पुरस्कार दिने निर्णय गरिएको थियो ।
उनी समूहको पुरस्कार प्राप्त गर्ने ३८ औँ पत्रकार हुन् । यससँगै समूहले २०२४ का लागि प्रशंसनीय र उत्कृष्ट रिपोर्टिङ गरेका १० जना पत्रकारहरूलाई ‘उत्कृष्ट रिपोर्टिङ–२०२४’ प्रशंसा पत्र प्रदान गरेको छ । सम्मानित हुनेहरुमा वसन्त ढुंगाना, ओम शाही, बालिका मादेन, वीरेन्द्र रमण, केशरराज क्षेत्री, युवराज कणेँल, विकास आचार्य, अर्चना दर्जी (परियार), दुर्गा रानामगर र सागर परियार रहेका छन ।








प्रतिक्रिया दिनुहोस्