काठमाडौ २० जेठ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको शैक्षिक प्रणालीलाई युवामैत्री बनाउँदै गुणस्तरीय शिक्षा प्रदान गर्न आवश्यक रहेको बताएकी छिन्। मंगलबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले शिक्षा केवल प्रमाणपत्र हासिल गर्ने माध्यममा सीमित हुन नहुनेमा जोड दिइन्। ‘शिक्षा एउटा ज्ञान आर्जनको माध्यम मात्र ...