ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रुपन्देहीबाट सरुवा भएर डिल्लीबजार कारागार आउँदैछन् रवि


abc news

काठमाडौ २० जेठ । सहकारी ठगीको आरोपमा जिल्ला कारागार, रुपन्देहीको थुनामा रहेका पूर्वगृहमन्त्री रवि लामिछानेले सरुवा भएर काठमाडौं ल्याउने इच्छा व्यक्त गरेका छन् ।

लामिछानेले रुपन्देहीबाट सरुवा भएर डिल्लीबजार कारागार, काठमाडौं आउन चाहेपछि कारागार प्रशासनले प्रक्रिया अघि बढाएको छ ।

जिल्ला कारागार रुपन्देही स्रोतका अनुसार, सर्वोच्च अदालतको आदेशपछि थुना अवधि थप लम्बिने भएपछि उनले काठमाडौं सरुवा हुने चाहना व्यक्त गरेका थिए ।

पहिले पनि लामिछानेलाई सरुवा हुन चाहेरनचाहेको बारे सोधिएको थियो । त्यसबेला उनले आफूलाई रुपन्देहीमै ठिक भएको बताएका थिए ।

कारागार प्रशासनका एक अधिकारीका अनुसार, आफूलाई पायक पर्ने स्थानमा सरुवा माग गर्न पाउने अधिकार जोसुकै कैदीबन्दी हुन्छ । यद्यपि, सुरक्षा चुनौति लगायतलाई ध्यान दिएर कारागार प्रशासनले त्यसबारे निर्णय लिन्छ ।

‘अहिले पार्टीका नेताहरु र परिवारसँग भेटघाटका लागि समेत अफ्ठ्यारो हुने भएपछि कारागार सरुवाबारे छलफल भएको थियो’, रास्वपा स्रोतले पनि भन्यो, ‘काठमाडौंमा भेटघाटका लागि समेत सहज हुने अपेक्षा हो ।’

गृह मन्त्रालयका एक अधिकारीका अनुसार, अदालतले समेत उनले सरुवाका लागि इच्छा देखाए सहजिकरण गरिदिन भनेको थियो ।

‘अहिले सरुवाका लागि उहाँहरुले जिल्ला अदालत, रुपन्देहीबाट समेत अनुमति लिइसक्नु भएको छ’, ती अधिकारी भने, ‘कारागार प्रशासनसँगै सरुवाका लागि जिल्ला प्रशासन कार्यालयको समेत आदेश आवश्यक पर्छ, त्यो सबै प्रक्रिया सकिएर निर्णयका लागि कारागार व्यवस्थापन विभागमा पठाइएको छ ।’

विभागबाट निर्णय भएलगत्तै लामिछानेलाई डिल्लीबजार कारागार पठाइने स्रोतले अनलाइनखबरसँग बताएको छ । डिल्लीबजार कारागार स्रोतले पनि पूर्वगृहमन्त्री समेत रहेका लामिछाने सरुवा भएर आउने भएपछि बस्ने व्यवस्थाका लागि तयारी थालिएको बताएको छ ।

डिल्लीबजार कारागारमा अहिले ज्यान मार्ने उद्योगको कसुरमा गण्डकी प्रदेशका पूर्वमन्त्री दिपक मनाङेले समेत कैद सजाय काटिरहेका छन् । लामिछानेलाई पनि मनाङ्गे रहेको ‘ख’ ब्लकमा राख्ने गरी तयारी गरिएको डिल्लीबजार कारागार स्रोत बताउँछ ।

कारागार व्यवस्थापन विभागका महानिर्देशक नारायणप्रसाद भट्टराईले भने हालसम्म लामिछानेलाई काठमाडौंमा ल्याउनेबारे निर्णय भइसकेको बताए । उनले भने, ‘हालसम्म उहाँ भैरहवामै हुनुहुन्छ, थप निर्णय भएपछि मात्र बताउन मिल्ला ।’

बुटवलको सुप्रिम सहकारी ठगी र संगठित अपराधको कसुरमा उच्च अदालत, तुलसीपुरको बुटवल इजलासले लामिछानेलाई २२ चैत २०८१ मा पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो ।

जिल्ला अदालतले १३ माघ २०८१ मा एक करोड रुपैयाँ धरौटीमा छाड्न गरेको आदेश बदर गरेपछि लामिछाने काठमाडौंस्थित निवासबाटै पक्राउ परेका थिए ।

पछि लामिछाने पत्नी निकिताले उनलाई थुनामुक्त गर्नुपर्ने भन्दै सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको निवेदन दिएकी थिइन् । तर, सर्वोच्चका न्यायाधीश डा। नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासले बन्दीप्रत्यक्षीकरणको निवेदन खारेज गरिदिएको थियो ।

सर्वोच्चको यो आदेशसँगै कम्तिमा जिल्ला अदालत, रुपन्देहीबाट सुप्रिम सहकारी ठगीको मुद्दा नटुंगिएसम्म उनी थुनामा रहने भएका छन् । यस्तोमा हिरासत बसाइ लम्बिने बुझेपछि उनले सरुवा भएर काठमाडौं चाहेको अधिकारीहरु बताउँछन् ।

विगतमा नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी समेत डिल्लीबजार कारागारको थुनामा बसेका थिए । उनले कारागारभित्रैबाट पार्टी गतिविधि चलाएपछि आलोचना समेत भएको थियो ।

जानकारहरुका अनुसार, राजधानीको पायक स्थान र अन्यत्रभन्दा थोरै कैदीबन्दी हुँदा डिल्लीबजार कारागार भीआईपीहरुको रोजाइमा पर्ने गरेको छ ।

‘थोरै संख्या हुनु भनेको भेटघाटमा सहजता र छिट्टै टेलिफोन गर्ने सुविधा पाउनु पनि हो’, नेपाल प्रहरीका पूर्वडीआईजी पिताम्बर अधिकारी भन्छन्, ‘यस्तोमा धेरैले डिल्लीबजार कारागार बस्न पाए सहज हुने ठान्छन् ।’

त्यही सहजताका कारण डिल्लीबजार कारागारमा पूर्वमन्त्री श्यामसुन्दर गुप्ता, खुमबहादुर खड्का, पूर्वसांसद बालकृष्ण ढुंगेल लगायत समेत डिल्लीबजार कारागार बसेका थिए ।

सुडान घोटाला प्रकरणमा मुछिएका नेपाल प्रहरीका पूर्वआईजीपी ओमविक्रम राणा र हेमबहादुर गुरुङ पनि डिल्लीबजार कारागार नै बसे । कुनै समय पूर्वप्रहरी प्रमुख राणा, पूर्वडीआईजी कोइराला लगायत कारागारमा टेबल टेनिस खेलेर समय विताउँथे ।

गुण्डागर्दीको पृष्ठभूमिबाट नेपाली कांग्रेसको राजनीतिमा आएका गणेश लामा समेत विगतमा डिल्लीबजार कारागार बसेका थिए ।

गृह मन्क्रालयका एक अधिकारीका अनुसार, डिल्लीबजार कारागारमा चिनिएका व्यत्ति वा आर्थिक हैसियत राम्रो भएको मानिस जाँदा आन्तरिक प्रशासनबाट सुविधा पाउन सहज हुने स्थिति छ ।

क्षेत्रफल पनि कम हुँदा डिल्लीबजारमा कैदीबन्दीलाई दिनभर क्यान्टिनबाट चिया मगाएर खाँदै रुखको फेदमुनि बसेर समय विताउने सुविधा पनि छ । त्यसमाथि कारागारभित्र टेबलटेनिस खेल्ने लगायतका सुविधा समेत उपलब्ध छन् । त्यही कारणले धेरै कैदीबन्दीले डिल्लीबजार कारागारमा सरुवा हुने चाहना राख्छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बगैचामा कृषि विज्ञ : जुनार सुन्तलामा देखिएको ग्रिनिङले किसान चिन्तित

विराटनगरलाई हराउँदै सुदूरपश्चिम फाइनलमा

सम्बन्धित

बगैचामा कृषि विज्ञ : जुनार सुन्तलामा देखिएको ग्रिनिङले किसान चिन्तित

विराटनगरलाई हराउँदै सुदूरपश्चिम फाइनलमा

नागढुङ्गा–मलेखु सडक बुधबारदेखि दैनिक पाँच घण्टा बन्द हुने

ओली–देउवा भेटलगत्तै संसद् पुनर्स्थापनाको मागसहित सर्वोच्चमा कांग्रेस

समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु

आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com