काठमाडौँ, १४ असोज । सभामुख कृष्णबहादुर महरामाथि दुव्र्यवहारको आरोप लगाएकी संसद् सचिवालयकी कर्मचारीले आफू लामो समयदेखि ‘डिप्रेसन’मा रहेको बताएकी छन् । सञ्चारकर्मीसँग आज कुराकानी गर्दै उनले आफू चारपाँच वर्षदेखि मानसिक समस्यामा रहेको र चिकित्सकको सल्लाहबमोजिम तीन वर्षदेखि लगातार ‘डिप्रेसन’को औषधि सेवन गर्दै आएको बताइन् । ...