ABC NEWS NEPAL | No.1 News channel of Nepal
जेष्ठ २९, २०८३ शुक्रबार
प्रधानमन्त्रीको संसदमा स्पष्टीकरण अनिवार्य #abctvnepal -एमालेको बटमलाइन #balen#abcwatch #bignews
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

यस्तो छ सभामुख महराको तीन काण्ड, नेपालकै इतिहासमा पहिलो घटना


एबीसी न्यूज
आश्विन १४, २०७६ मंगलबार   ५ : ११   बजे


काठमाडौं, १४ असोज । संघीय संसद् प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरा पछिल्लो समय संसदकै कर्मचारीमाथि यौन दुर्व्यवहारको आरोपमा परे । उनले यसै आरोपमा राजीनामा दिएका छन्। संसद्‌कै कर्मचारीमथि यौन दुर्व्यवहारको आरोप लागेपछि महराले पदबाट राजीनामा दिएका हुन्।

नेपालको संसदीय इतिहासमा सभामुखमाथि लागेको यो स्तरको आरोप पहिलो हो। सभामुखमात्रै होइन, राज्यका अन्य कुनै पनि अंगका प्रमुखमाथि पदमा बहाल रहेकै अवस्थामा यस किसिमको आरोप लागेको थिएन। त्यसो त महरा बेलाबेलामा विवादमा परिरहन्छन्।
उनका विवाद यस्ता छन् ।
टेप प्रकरण
२०६७ भदौमा सार्वजनिक एक अडियोमा महराले चिनियाँ नागरिकसँग ५० करोड मागेका थिए। अडियो प्रधानमन्त्रीको निर्वाचनका लागि ५० सांसद खरिद गर्नुपर्ने भन्दै उनीसँग ५० करोड रुपैयाँ मागिएको थियो। सांसद किनबेचको विषय नेपाली राजनीतिमा नयाँ थिएन। तर, मूल्य नै तोकेर फरक देशका नागरिकसँग रकम मागिएपछि त्यसले केही समय चर्चा पायो। तर, महराले अडियोमा बोल्ने आफू नभएको र प्रविधिको युगमा कसैले त्यस्तो अडियो बनाएको हुन सक्ने भन्दै बचाउ गरे।

भुरा माछा
२०७३ पुसमा अर्थमन्त्री थिए, महरा। पोखरामा आयोजित एक कार्यक्रममा उनले त्यतिबेलाको चर्चित सुनकाण्डबारे बोले। तस्करी गरी ल्याइएको ३३ किलो सुन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भेटिएको थियो। सो प्रकरणमा त्यसमा आफू भुरा माछा मात्रै भएको उनले बताए।

‘पछिल्लो सुन तस्करी काण्डमा मेरो त नाम पनि जोडिएर आएको छ, हामी त फगत पात्र हौं, म सबै कुरा अहिले भन्न चाहन्नँ। यसमा धेरै ठूलाठूला माछा छन्। हामी त भुरा माछा मात्र हुन्छौं’, उनले भनेका थिए ।

लडाकु शिविरको रकम हिनामिना
आजसम्म तत्कालीन माओवादी नेतृत्वलाई टाउको दुखाइको विषय बनाइरहेका केही विषयमध्ये एउटा हो, लडाकु शिविरको रकम हिनामिना।

माओवादीलाई शान्ति प्रक्रियामा ल्याउँदा उनीहरुको सेना व्यवस्थापन र भरणपोषणका लागि राज्यले करोडौं रकम खन्यायो। त्यो रकम माओवादी नेता महराले बुझ्ने गरेका थिए।

यो प्रक्रियामा कति रकम बाहिरियो, कति सम्बन्धित कामका लागि खर्च भयो र कति दुरुपयोग भयो भन्ने अहिलेसम्म प्रस्ट हुन सकेको छैन। तर, रकम हिनामिना गरिएको हो भन्नेचाहिँ महालेखाको कार्यालयले देखाएको बेरुजुले प्रस्ट पार्छ। बेलाबेलामा अख्तियारले यस विषयमा छानबिन गर्ने कुरा गरे पनि प्रक्रिया अघि बढेको छैन।

महिलामाथि बलात्कार आरोप, राजीनामा
संसद्‌की कर्मचारीमथि यौन दुर्व्यवहारको आरोप लागेपछि सभामुख महराले मंगलबार पदबाट राजीनामा दिए। उनले आइतबार रक्सी खाएर ती महिलाको कोठामा गएको र दुर्व्यवहार गरेको आरोप उनले लगाएकी छिन्। कोठामा गएको र रक्सी खाएको विषयलाई महराले विभिन्न सञ्चारमाध्यममार्फत स्वीकार गरिसकेका छन्। यद्यपि, अन्य आरोपलाई भने उनले अस्वीकार गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बालेन मुलुकलाई प्रतिगमनतिर धकेल्दै, नेकपा कसरी प्रतिरोध गर्ने योजनामा छ ? : देव गुरुङ (भिडियो)

अदालतको फैसलाअनुसार भाडा तिर्छौं–दमनकारी नीति अख्तियार गरे ७ सय उद्योगी गिरफ्तारी दिन तयार छौँः अध्यक्ष आलम

सम्बन्धित

प्रश्न गर्ने सांसदलाई अर्थमन्त्री वाग्लेको चेतावनीः तपाईंका काण्ड पनि खुल्नेछन्

संविधान संशोधनबारे सुझाव लिन तीन पूर्वप्रधानमन्त्रीसँग कार्यदलको छलफल

नक्कली भुटानी शरणार्थी प्रकरण : केपी ओलीसहितलाई बयानमा बोलाउनु पर्ने माग गर्दै निवेदन दर्ता

अर्थमन्त्रीले संसदीय समितिमा झुट बोल्नुभयो : ज्ञानेन्द्र शाही

काठमाडौंका यी क्षेत्रमा ३ दिन साढे ३ घण्टा विद्युत आपूर्ति बन्द हुने

आज सातै प्रदेशमा वर्षाको सम्भावना

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group