ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार २, २०८३ मंगलबार
```
एमाले नफुटने नेता अन्सारीको दावी ओली विना एमाले संभव छैन । ▶
एमाले नफुटने नेता अन्सारीको दावी ओली विना एमाले संभव छैन ।
```
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सभामुख रिसको झोकमा पर्नुभयो– आरोपकर्ता


एबीसी न्यूज
आश्विन १४, २०७६ मंगलबार   ८ : ४५   बजे

काठमाडौँ, १४ असोज । सभामुख कृष्णबहादुर महरामाथि दुव्र्यवहारको आरोप लगाएकी संसद् सचिवालयकी कर्मचारीले आफू लामो समयदेखि ‘डिप्रेसन’मा रहेको बताएकी छन् । सञ्चारकर्मीसँग आज कुराकानी गर्दै उनले आफू चारपाँच वर्षदेखि मानसिक समस्यामा रहेको र चिकित्सकको सल्लाहबमोजिम तीन वर्षदेखि लगातार ‘डिप्रेसन’को औषधि सेवन गर्दै आएको बताइन् । “मेरी आमाको निधन भएपछि म मानसिक रुपमा कमजोर भएको छु । निद्रा नलाग्ने भएपछि औषधि खानुपर्ने स्थिति थियो”, उनले भनिन् । चिकित्सकले बिहान र बेलुकी एकएक ओटा चक्की औषधि खान सुझाव दिए पनि रिस उठेमा आफूले कहिलेकाहीँ एकै चोटि पाँचछ तथा दश वटा पनि औषधि खाइदिने गरेको उनले सुनाइन् ।

आवेगका क्रममा कसलाई फोन गरेँ, कसलाई के भनेँ, के बोलेँ भन्ने नै पत्तो नपाउने उनको भनाइ छ । “शायद मेरो यही रिसको झोकमा सभामुख पर्नुभएको होला”, उनले भनिन् । “कहिलेकाहीँ कोहीकसैसँग रिस उठ्यो भने औषधिको मात्रा बढी खाइदिने मेरो समस्या हो । एक्कासि औषधिको मात्रा बढाएपछि अत्यन्त रिस उठ्ने, कसलाई के भन्ने नै थाहा नहुने समस्या छ । कसलाई फोन गरँे, कसलाई के गरेँ भन्ने नै थाहा पाउँदिन”, उनले भनिन् । केही वर्षअघि स्वयं आफू पनि सञ्चारकर्ममा रहेको सन्दर्भ पेश गर्दै उनले अहिले सञ्चारमाध्यमले ‘हाइलाइट’ हुने नाममा कोहीकसैलाई दोषी करार गर्न लागिपरेको देख्दा आफू अचम्मित भएको समेत बताइन् ।

“सम्मानित पदको पछाडि रहने व्यक्तिलाई प्रयोग गरेर पदच्यूत गराउने र आफू त्यो स्थानमा स्थापित हुने कारणले पनि यस विषयलाई अनावश्यक उचालिएको हो”, उनले भनिन्, “बाबु समानको मान्छेसँग आफ्नो सम्बन्धलाई अनावश्यक रुपमा जोडेको देख्दा म छक्क छु ।”
आफूले सभामुखलाई सधैँ अभिभावकका रुपमा हेर्ने गरेको उल्लेख गर्दै उनले आफूहरुको पारिवारिक सम्बन्ध रहेको पनि बताइन् । “विसं २०४७ देखि नै हामी महरा सरलाई चिन्छौँ । हाम्रो परिवारिक सम्बन्ध रहेको छ । सभामुख भएपछि मात्र हाम्रो चिनजान भएको होइन”, उनले भनिन् । आफूले महरालाई बुवासमान ठानेको जनाउँदै उनले बाबु र छोरीबीच अनैतिक सम्बन्ध हुनै नसक्ने बताइन् । “समाजले बाबु र छोरीबीच भिन्नता ठान्न सकेन”, अचम्म प्रकट गर्दै उनले भनिन्, “निर्दोष व्यक्तिको पछाडि अनावश्यक हल्ला फैलाइयो । यस विषयमा उहाँको कुनै दोष नै छैन ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

विश्वकप २०२६ : एम्बाप्पेको ऐतिहासिक कीर्तिमान, फ्रान्सले सेनेगलको चुनौती पन्छाउँदै विजयी सुरुआत

झापाबाट चितवनसम्म बजेट कटौतीको सन्देश: राजनीतिक प्रभाव कम कि विकासको नयाँ मोडेल?

सम्बन्धित

मुस्ताङमा भारतको सहयोगमा उच्च प्रभाव सामुदायिक विकास परियोजना उदघाटन

रास्वपा सांसद खनालमाथि छात्रवृत्ति दुरुपयोगको आरोप

तीन मौसमी वायुको प्रभाव :आज सातै प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

कर्णालीले ल्यायो ३५ अर्ब ३९ करोड बजेट, कृषि र पूर्वाधार प्राथमिकतामा (पूर्णपाठ)

सांसद खुश्बु ओलीको चरित्र हत्या गरेको आरोपमा एक जना पक्राउ

कोसी प्रदेशको बजेट ४० अर्ब ४४ करोड रुपैयाँ (पूर्णपाठ)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group