काठमाडौ ७ असार । सर्लाहीको बरहथवा नगरपालिका–४, खैराटोलमा सडक विस्तारको विषयलाई लिएर झडप भएको छ । बिहान दुई पक्षबीच झडप हुँदा प्रहरी निरीक्षकसहित तीन जना घाइते भएका छन् । झडपलाई नियन्त्रणमा लिन केही राउण्ड हवाई फायर गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जानकारी दिएको छ । ...