ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बेचिएका नेपालीको आँशुले पोलेन, सरकारलाई प्रश्नबाट भाग्यो – गौतम


abc news

काठमाडौ ६ असार । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा सांसद सोबिता गौतमले सरकार प्रश्नबाट भागेको बताएकी छिन् ।

शुक्रबार संघीय संसद् भवनमा परिसरमा सञ्चारकर्मीसँग कुराकानी गर्ने क्रममा सांसद गौतमले प्रधानमन्त्रीलाई प्रश्न नउठाए कसलाई उठाउने रु भन्दै प्रश्न गरिन् ।

‘हामीले प्रश्नोत्तरको कार्यक्रम नचलाउनुस् भनेको होइन । हाम्रो पनि प्रश्न थियो । हाम्रो पनि कुरा थियो,’ उनले भनिन्, ‘प्रधानमन्त्रीजी सरकारको नेतृत्व गर्ने मान्छे हुनुहुन्छ । उहाँलाई नसुनाए कसलाई सुनाउने रु’

आज संसद्मा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम राखिएको थियो । यद्यपि रास्वपाले विरोध जारी राखेपछि सभामुख देवराज घिमिरेले प्रश्नोत्तर कार्यक्रम कार्यसूचीबाट हटाए ।

लगत्तै सञ्चारकर्मीसँग प्रतिक्रिया दिने क्रममा सांसद गौतमले भनिन्, ‘सदनमा हाम्रो स्थान रहेनछ भनेर हामीले बहिष्कार गरेका हौं । जनतामा जानुभन्दा बाहेक के विकल्प बाँकी रह्यो त ?

उनले सामाजिक सञ्जालमार्फत पनि नेपाली नागरिकलाई बेचेर दासत्वमा धकेल्ने संरक्षित सञ्जाल भत्काउने संघर्षमा आफूहरू रहेको बताएकी छिन् ।

‘हामी नेपाली नागरिकलाई बेचेर दासत्वमा धकेल्ने संरक्षित सञ्जाल भत्काउने संघर्षमा छौं। बेचिएका नेपालीहरूको आँशुले नपोलेको सरकार न गम्भीर देखिन्छ, न त जवाफदेही नै,’ उनले भनेकी छिन्, ‘उल्टो, सरकारले हाम्रो प्रतिरोधलाई संसदको प्रश्नबाट भाग्ने ढाल बनाइराखेको छ। जनप्रतिनिधि विरोधमा उठेपछि, समाधानविना सदन चल्नु हुँदैन ।’

उनले सरकार संसद्को नज।मा आफूहरूको विरोध सुविधा अनुसार देखिन थालेको बताइन् ।

‘क्या गजब छ १ सरकार र संसदको नजरमा हाम्रो विरोध पनि अब सुविधा अनुसार देखिने र नदेखिने विषय बनेको छ,’ सांसद गौतमले भनिन्, ‘जे होस्, रुँदै गरेका नागरिकहरूको पीडामाथि पर्दा तान्दै सरकार प्रश्नबाट उम्किन सफल भएको छ, बधाई छ सरकार ,’

सांसदहरू एक्लै देखिए पनि उनीहरूको पछाडि जनताको ठूलो मत हुने भन्दै त्यसलाई नजरअन्दाज गर्न नहुने जिकिर गरिन् ।

‘अहिले म एक्लै देखिए पनि उहाँहरू सबैले मत लिएर आउनुभएको छ । त्यो उहाँहरूले जनताको आवाज बोकेर आउनुभएको हुन्छ । सुन्दै नसुन्ने हो भने संसद्को औचित्य के भयो र रु,’ उनले भनेकी छिन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

भिजिट भिसा प्रकरणको गहिरो छानबिन आवश्यक छ- अध्यक्ष प्रचण्ड

भ्रष्टाचार सम्बन्धी अनुसन्धानलाई सरकारले कमजोर बनायो- प्रचण्ड

सम्बन्धित

चलचित्र “चे”ले जित्यो विशेष चलचित्र पुरस्कार

काम नगर्ने ठेकेदार कम्पनीहरूलाई धमाधम कालोसूचीमा राख्दै छौँ- मन्त्री दाहाल

प्रचण्डलाई ओलीको जवाफ– ‘तपाईंका न कुनै वाचा, न कुनै निर्णय, न कुनै काम’

विपक्षीको बहिष्कारबीच मधेशको बजेट पारित

स्पेन प्रकरण, भिजिट भिसामा गएकाहरू फर्के नफर्केको जाँच प्रहरीले गर्ने

प्रधानमन्त्रीलाई गगन थापाको आग्रह- सामान्य प्रशासन मन्त्रीलाई तत्काल बर्खास्त गर्नुस्

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com