ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बालेनले बनाए सचिवालय टिम : पुराना विश्वासपात्र र अनुभवी प्रशासकलाई समेटे


एबीसी न्यूज
चैत्र १५, २०८२ आईतबार  ६ : ३४ बजे

मेयर कालदेखि नै साथ दिएका व्यक्तिहरूलाई महत्त्वपूर्ण जिम्मेवारी दिएका छन्

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले आफ्नो सल्लाहकार तथा सचिवालय टिम गठन गरेका छन् । काठमाडौं महानगरपालिकाको मेयरमा निर्वाचित हुनुअघिदेखि नै आफूसँग जोडिएका विश्वासपात्र र अनुभवी प्रशासकहरूलाई उनले टिममा समावेश गरेका छन् ।

शुक्रबार (चैत १३) पद तथा गोपनीयताको शपथ ग्रहण लगत्तै बालेनले आफ्नो सचिवालय विस्तार गरेका हुन् ।

प्रधानमन्त्री बालेनको सचिवालय टिम :

१. प्रमुख सल्लाहकार कुमार व्यञ्जनकार

  • बालेन मेयर निर्वाचित हुनुअघिदेखि नै मुख्य सल्लाहकारका रूपमा काम गर्दै आएका व्यक्ति ।
  • चुनावी अभियान, प्रतिनिधिसभा निर्वाचन र रास्वपामा बालेनको प्रवेशसम्म व्यञ्जनकारले प्रमुख भूमिका निर्वाह गरेका थिए ।
  • ललितपुरका नरसिंह व्यञ्जनकार (१० पटक वडाध्यक्ष) का छोरा ।

२. राजनीतिक सल्लाहकार असिम शाह

  • रास्वपा र बालेनबीचको एकता तथा सातबुँदे सहमतिका लागि मुख्य मध्यस्थता गरेका व्यक्ति ।
  • रवि लामिछाने र बालेनबीचको मध्यरातको वार्ता उनकै कमलपोखरीस्थित निवासमा भएको थियो ।
  • यसअघि रास्वपाबाट समानुपातिक सांसद बनेका थिए ।

३. मुख्य स्वकीय सचिव सुवास शर्मा

४. प्रशासन प्रमुख सुदीप ढकाल

  • रास्वपाको समानुपातिक सूचीमा खस आर्यतर्फ दोस्रो नम्बरमा थिए ।
  • यसअघि रूपन्देहीको तिलोत्तमा नगरपालिकाका आईटी अफिसर थिए ।

५. सूचना, सञ्चार तथा प्रविधि संयोजक विवेक मिश्र

  • बालेन महानगरपालिका मेयर हुँदा आईटी विज्ञका रूपमा काम गरेका व्यक्ति ।

६. निजी सचिवालय प्रमुख सहसचिव प्रदीप परियार

  • पर्वतको फलेवास स्थायी घर भएका युवा प्रशासक ।
  • ०८० माघ ५ मा काठमाडौं महानगरको प्रमुख प्रशासकीय अधिकृत बनेका थिए ।
  • सहरी विकास मन्त्रालय, राष्ट्रिय योजना आयोग र सूचना विभागमा काम गरिसकेका छन् ।
  • खुला प्रतिस्पर्धाबाट ९ वर्षमै सहसचिव बनेका छन् ।

७. व्यक्तिगत सुरक्षा अधिकृत (PSO) प्रहरी नायब उपरीक्षक (डीएसपी) दिपेश बस्याल

  • यसअघि ट्राफिक प्रहरी कार्यालय चितवनमा कार्यरत ।
  • भुटानी शरणार्थी प्रकरण अनुसन्धान टिममा पनि थिए ।

थपिन बाँकी व्यक्तिहरू

प्रधानमन्त्री बालेननिकट स्रोतका अनुसार भूपदेव शाह, नवीन भण्डारी, अर्जुन घिमिरे (पाँडे), सुरेन्द्र बजगाईं, विनय शाक्य लगायतका व्यक्तिहरूलाई टिममा समावेश गर्नेबारे छलफल भइरहेको छ । यीमध्ये धेरैजसो बालेन मेयर हुँदा उनका स्वकीय सचिव, प्रेस सहजकर्ता र फोटोग्राफर थिए ।

प्रधानमन्त्री बालेनले आफ्नो टिममा विश्वास, अनुभव र पुरानो साथ लाई प्राथमिकता दिएको देखिन्छ । उनले मेयर कालदेखि नै साथ दिएका व्यक्तिहरूलाई महत्त्वपूर्ण जिम्मेवारी दिएका छन् भने प्रशासनिक अनुभव भएका युवा प्रशासकहरूलाई पनि समेटेका छन् ।

यो टिमले बालेन सरकारको १०० बुँदे शासकीय सुधार कार्यसूची कार्यान्वयनमा कत्तिको प्रभावकारी भूमिका खेल्छ भन्ने अब हेर्न बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

पेन्टागनले इरानमा हप्तौं लामो स्थल अपरेसनको तयारी गरिरहेको छ : ट्रम्प प्रशासनको नयाँ चरणको खतरा

परीक्षा बोर्डमा कर्मचारी युनियन भंग

सम्बन्धित

बच्चाहरू बचाउने नाममा अभिव्यक्ति स्वतन्त्रता मार्ने खतरा

पेन्टागनले इरानमा हप्तौं लामो स्थल अपरेसनको तयारी गरिरहेको छ : ट्रम्प प्रशासनको नयाँ चरणको खतरा

परीक्षा बोर्डमा कर्मचारी युनियन भंग

बालेन सरकारले खारेज गर्दैछ यी १५ असान्दर्भिक ऐन : राजस्व अनुसन्धान ऐनसहित ठूला कानुनमा सुधार

एमाले कार्यकर्ता र प्रहरीबीच झडप, ९ जना नियन्त्रणमा

सम्पत्ति छानबिनको विषय मैले नै उठाएको हो : प्रचण्ड

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com