काठमाडौ ६ असार । चालू आर्थिक वर्षको ११ महिनामै नेपालको आयात १६ खर्ब ४४ अर्ब रुपैयाँ पुगेको छ।
आर्थिक वर्ष ०८०र०८१ को सोही अवधिमा १४ खर्ब ५३ अर्ब रुपैयाँको आयात भएकोमा यस वर्ष १३।१५ प्रतिशतले बढेको हो।
भन्सार विभागका अनुसार निर्यात पनि ७७।७७ प्रतिशतले बढेको छ। अघिल्लो आर्थिक वर्षमा १ खर्ब ३९ अर्ब रुपैयाँ रहेकोमा २ खर्ब ४७ अर्ब रुपैयाँ पुगेको छ।
योसँगै नेपालको कुल वैदेशिक व्यापार १८ खर्ब ९२ अर्ब रुपैयाँ पुगेको छ।








प्रतिक्रिया दिनुहोस्