ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मुकुल ढकाल अझै रास्वपा महामन्त्री- निर्वाचन आयोग


abc news

काठमाडौ ६ असार । निर्वाचन आयोगले आफ्नो हालसम्मको अभिलेखमा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०को महामन्त्री डा। मुकुल ढकाल नै रहेको भनी आफ्नो धारणा सार्वजनिक गरेको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति र सदस्यहरूको १५ महिनाअघि हेरफेर भएको र त्यसयता केही अद्यावधिक नभएको भनी आयोगले पत्राचार गरेको हो ।

राष्ट्रिय स्वतन्त्र पार्टीबाट कारबाहीमा परेका डा। मुकुल ढकालले गत बुधबार निर्वाचन आयोगमा अभिलेखको विवरण अद्यावधिक भए नभएकोवारे सूचना माग गरेर निवेदन लेखेका थिए । त्यसको जवाफमा आयोगले २० चैत, २०८० यता राष्ट्रिय स्वतन्त्र पार्टीको विवरण अद्यावधिक नभएको भनी जवाफ लेखेको हो ।

निवेदक दिएकै दिन निर्वाचन आयोगको कानुन तथा राजनीतिक दल व्यवस्थापन महाशाखामा कार्यरत शाखा अधिकृत उशा गजमेरले ढकालको नाममा पत्र लेखेकी हुन् ।

२० चैत, २०८० मा निर्वाचन आयोगको बैठकले रास्वपाको विधानको दोस्रो संशोधन अभिलेखिकरण गरेको थियो । त्यसक्रममा केही पदहरू हेरफेर भएका थिए ।

त्यसअघि रास्वपामा सभापति रवि लामिछाने, उपसभापति डोल प्रसाद अर्याल र महामन्त्री तथा प्रवक्तामा डा। मुकुल ढकाल थिए । त्यतिबेला आयोगले अद्यावधिक गरेको विवरणमा स्वर्णिम वाग्ले दोस्रो उपसभापतिमा मनोनयन भएका थिए भने महामन्त्री ढकाल चौथो बरियतामा थिए ।

त्यहीदिन तीन सहमहामन्त्री, एक कोषाध्यक्ष र दुई सहकोषाध्यक्ष अनि तीन प्रवक्ताको जिम्मेवारी पनि थपिएको अभिलेखबाट देखिन्छ । ‘त्यसयता राष्ट्रिय स्वतन्त्र पार्टीका कुनैपनि विवरण अद्यावधिक भएको छैन,’ निर्वाचन आयोग सम्बद्ध स्रोतले भन्यो, ‘अहिले पनि पार्टीको महामन्त्रीमा डा। मुकुल ढकालको नाम छ, त्यही विवरण नै आधिकारिक हो ।’

निर्वाचन आयोगको यो पत्रले मुकुल ढकाललाई राष्ट्रिय स्वतन्त्र पार्टीको महामन्त्रीको मान्यता दिएको देखिन्छ । रास्वपाले उनलाई कारबाही गरी दलबाट निष्कासित गरेको भएपनि आयोगले भने कारबाही सहितको त्यो विवरण आफ्नो अभिलेखमा राखेको छैन । यतिसम्म कि, सांसद सुमना श्रेष्ठले सहमहामन्त्रीको जिम्मेवारी त्यागेको भएपनि त्यो विवरण समेत आयोगमा पुगेर अद्यावधिक हुन सकेको छैन ।

निर्वाचन आयोग उच्च स्रोतले आयोगमा सरसल्लाह भएरै पत्र जारी भएको पुष्टि गर्‍यो । ‘मुकुल ढकालले सूचना माग गर्नुभएको रहेछ, त्यसबमोजिम आयोगबाट सूचना प्रदान गरिएको हो,’ आयोग स्रोतले भन्यो, ‘पुरानै विवरण अनुसार पत्र पठाइएको हो । पत्राचारका क्रममा आयोगको कुनै नयाँ निर्णय छैन ।’

निर्वाचन आयोगको पत्रबार उत्साहित भएका डा। मुकुल ढकालले शुक्रबार नै कार्यबाहक सभापति डोलप्रसाद अर्याल र उपसभापति डा। स्वर्णिम वाग्लेलाई सम्बोधन गरेर ‘छलफलका लागि समय पाउँ’ भनी पत्र लेखेका छन् ।

पत्रमा दुवै जनालाई ‘उपसभापति’ भनी सम्बोधन गर्दै उनले पार्टी सभापतिको परामर्शमा केन्द्रीय समितिको बैठक बोलाउने जिम्मेवारी आफूमा रहेको स्मरण गराएका छन् ।

पार्टी सभापति रवि लामिछाने थुनामा रहेको विषम परिस्थितिमा पार्टीको नेतृत्वको जिम्मेवारी लगायतका विषयमा छलफल गर्न भन्दै उनले उपसभापतिको हैसियतले बैठक बोलाउने समय तोक्न माग गरेको देखिन्छ । निवेदनमा उनले भनेका छन्, ‘पार्टीको उपसभापतिको हैसियतले तपाईंसँग परामर्श गरी केन्द्रिय समितिको बैठक बोलाउनुपर्ने भएको हुँदा समय माग गर्न यो निवेदन पेश गर्दछु ।’

गतवर्ष रास्वपा महामन्त्री मुकुल ढकालले देशव्यापी स्थगत भ्रमण गरी प्रतिवेदन पेश गरेपछि सभापति रवि लामिछाने लगायत संस्थापन पक्ष उनीसँग रुष्ट भएको थियो । पार्टी अनुशासन विपरीत काम गरेको आरोपमा रास्वपाले उनलाई कारबाही प्रक्रिया अघि बढायो ।

२५ असार, २०८१ मा केन्द्रिय समितिको बैठकले डा। ढकाललाई केन्द्रीय सदस्य, प्रवक्ता एवं महामन्त्रीको जिम्मेवारीबाट हटाउने निर्णय गरेको थियो । त्यही दिन पार्टीका पदाधिकारीहरूको हेरफेर समेत भएको थियो ।

रास्वपाले जिम्मेवारी हेरफेरको निर्णय निर्वाचन आयोगमा अद्यावधिक गराउने प्रयास समेत भएको थियो । तर प्रक्रिया नपुगेको भन्दै आयोगले विवरण फेरबदल गरेको थिएन । ढकालले ‘पार्टीको पदाधिकारी अद्यावधिक नभएको हुँदा हालसम्म म नै पार्टीको महामन्त्री तथा प्रवक्ता पदमा कार्यरत रहेको विषय निर्विवादित रुपमा पुष्टी भइरहेको’ भनी दावी गरेका हुन् ।

रास्वपाको संस्थापन पक्ष भने निर्वाचन आयोगको हालको विवरणलाई स्वीकार गर्न तयार छैन । कारवाहीको निर्णय गर्दा केही प्रक्रियागत त्रुटी देखिएको भन्दै उनीहरू त्यसलाई अद्यावधिक गरेर आयोगमा पेश गर्ने र त्यसपछि ढकालमाथिको कारबाहीको विवरण ‘स्वतस् अपडेट हुने’ बताउँछन् ।

तेस्रो वार्षिकोत्सव मनाउने तयारीमा रहेको रास्वपालाई बहिर्गमित महामन्त्री ढकाललाई पदमा बहाल नै रहेको निर्वाचन आयोगको सूचनाले तरंगित बनाइदिएको छ । रास्वपाले आपसी परामर्शपछि आफ्नो विस्तृत धारणा दिने बताएको छ ।

रास्वपाका प्रवक्ता मनिष झा भन्छन्, ‘हामी आन्तरिक छलफलमै छौं, के रहेछ भनेर बुझेपछि मात्रै प्रतिक्रिया दिनु उचित होला ।’

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बीपी राजमार्गको काभ्रे खण्डमा आजदेखि रातमा १२ घण्टा गाडी चलाउन रोक

यस्ता छन् मन्त्रिपरिषद्‌का निर्णयहरू

सम्बन्धित

छाउगोठ बनाउने र बस्न बाध्य पार्नेलाई दिने सुविधामा पुनर्विचार गर्दैछौँ – गृहमन्त्री

फिनल्यान्ड र आयरल्यान्डका लागि गैरआवासी राजदूत नियुक्त

च्यासलमा एमाले सचिवालय बैठक

उपेन्द्रको कटाक्ष : ‘बा’ को राज रहुन्जेल सगोत्रीलाई जे गर्न पनि छुट छ

वाइसिएललाई प्रचण्डको निर्देशन- तयार रहनू

धार्मिक पर्यटन प्रवर्द्धन गर्न कालीगण्डकी किनारमा पैदल मार्ग

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com