झापा । सर्वोच्च अदालतले काकाससुराले मिर्गौला दान गर्न पाउने परमादेश जारी गरेको छ ।यसअघि मानव अङ्ग प्रत्यारोपणसम्बन्धी नेपालको कानुनमा काकाससुराले मिर्गौला दान दिन पाउने व्यवस्था थिएन । झापाको भद्रपुर नगरपालिका–१० की गीता भण्डारीको दुबै मिर्गौला फेल भएपछि प्रत्यारोपणको प्रक्रिया अन्तिम चरणमा पुगेका बेला भक्तपुरको शहिद ...