ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पोषण र खोपमा गरेका लगानीबाट १६ गुनाभन्दा बढी प्रतिफल


एबीसी / संवाददाता

काठमाडौँ, १६ भदौ
स्वास्थ्य उपचारमा गरिने खर्चका कारण जनसङ्ख्याको १७ प्रतिशत मानिस गरिबीको रेखामुनी जान बाध्य हुने गरेका अनुसन्धानबाट थाहा भएको छ ।

स्वास्थ्य क्षेत्रमा राज्यको न्यून लगानी, जनताको कमजोर पहुँच र उपचारमा धेरै खर्च लाग्ने क्यान्सरजस्ता दीर्घरोग उपचारका कारण कतिपय नागरिक टाटपल्टेर सम्पत्तिविहीन हुनु परेको छ ।

दिगो विकास तथा सुशासन समितिको आजको बैठकमा प्रा डा श्यामप्रसाद लोहनीले विश्वमा स्थास्थ्यमा गरिने खर्चका कारण १७ प्रतिशत मानिस गरिबीको दुश्चक्रमा धकेलिने गरेको तथ्याङ्क प्रस्तुत गर्नुभयो । आर्थिक हिसाबले सम्पन्न अमेरिकालगायत मुलुकमै पनि गम्भीरखालका रोगको उपचार निकै महँगो भएका कारण धेरै जनताको आर्थिक अवस्था कल्पना नै गर्न नसकिने ढङ्गबाट खस्केको जानकारी दिइयो ।

मुलुकले पूर्वाधार क्षेत्रजस्तै स्वास्थ्य क्षेत्रमा लगानी वृद्धि गर्नुपर्ने आवश्यकता रहेको जानकारी दिँदै चिकित्सकले पोषण र खोप क्षेत्रमा गरेका लगानीबाट भविष्यमा १६ गुना भन्दाबढी प्रतिफल प्राप्त हुने जानकारी दिनुभयो । नेपालका ५५ प्रतिशत नागरिकले स्वास्थ्यमा आफ्नो व्यक्तिगत खर्च गर्दै आएका सो अवसरमा जानकारी दिइएको छ ।

यसैबीच, कोभिड–१९ सङ्क्रमण फैलिएसगैँ शिक्षा, स्वास्थ्य र रोजगारीका अवसर खुम्चन गई प्रतिव्यक्ति आम्दानी मात्र घटेको नभइ आत्महत्याजस्ता घटनामा समेत वृद्धि भएको बताइएको छ । कोरोना सङ्क्रमणकै कारण दिगो विकास लक्ष्य हासिल गर्ने सिलसिलामा स्वास्थ्य क्षेत्रका नियमित कार्यक्रम पनि प्रभावित भएको जानकारी दिइएको छ ।

दिगो लक्ष्य प्राप्तिमा खासगरी नव शिशु तथा मातृ मृत्युदर र कुपोषणको समस्या घटाउन, सबैलाई पूर्ण खोप उपलब्ध गराउन तथा स्वास्थ्यमा सबैको पहुँच बढाउन चुनौती भइरहेको बताइएको छ । संस्थागत सुत्केरी दर अझै पनि कम हुनु तथा हैजालगायतको महामारी देखिने गरेको घटनालाई स्वास्थ्य क्षेत्रका विद्यमान समस्याका रुपमा हेरिएको छ ।

प्रा डा लोहनीले भन्नुभयो, “स्वास्थ्य क्षेत्रमा गरेको लगानीको प्रतिफल राम्रो छ, हेलमेटमा गरेको एक रुपैयाँ खर्चले रु १३ बचाउँछ ।” स्वास्थ क्षेत्रमा दिगो विकास लक्ष्य प्राप्तिमा भूकम्प, नाकाबन्दी, कोरोनालगायतका घटनालेसमेत प्रभावित तुल्याएको उहाँले जानकारी दिनुभयो ।

कारोनाका कारण स्वास्थ्य क्षेत्रका ३८ प्रतिशत जनशक्ति कुनै न कुनै रुपमा तनाव, डिप्रेशन, अनिन्द्राको समस्या झेल्नु परेको एक अध्ययन प्रतिवेदन प्रस्तुत गरियो ।
–––

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

दक्षिण तथा पूर्वी एशियामा बाढी पहिरोमा ज्यान गुमाउनेको सङ्ख्या साढे ११ सय नाघ्यो

सम्बन्धित

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

आज पोखरामा एकता सन्देश सभा गर्दै नेकपा

आज कति छ काठमाडौँको तापक्रम ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com