ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भरतपुर अस्पतालमा पनि जोर्नी प्रत्यारोपण गरिँदै


एबीसी / संवाददाता

काठमाडौँ, १७ भदौ
राजधानी काठमाडौँ र विदेश धाउन नपर्ने गरी लामो समय अगाडी बाटनै भरतपुर अस्पतालमा जोर्नी प्रत्यारोपण गर्ने कार्य भैरहेको छ । हाड जोनी बिशेषज्ञ डा श्रवणकुमार थापाको नेतृत्वमा जोर्नी प्रत्यारोपणले तिव्रता पाएको हो।

हाडजोर्नी नसा तथा जोर्नी प्रत्यारोपण विशेषज्ञ रहेका डा। थापाले विगत छ वर्षदेखि उक्त अस्पतालमा जोर्नी प्रत्यारोपण गर्दै आएका छन्। यस अवधिमा अस्पतालमा मात्रै ८० भन्दा बढीको प्रत्यारोपण भइसकेको छ। साँझ, बिहान र बिदाका दिनमा उनको चौबीसकोठीको मौलाकालिका अस्पतालमा यो सेवा दिँदै आएका छन्। मौलाकालिकामा मात्रै २० भन्दा बढी जोर्नी प्रत्यारोपण गरेको उनको भनाइ छ।

कोरोना संक्रमण कारण नियमित यस्ता शल्यक्रिया कम भएका भए पनि पछिल्लो समय नियमित गरिएको छ। घुँडा, पुठो, कुहिनोलगायतको प्रत्यारोपण गरिएको उनले बताए। उनका अनुसार प्रत्यारोपणका लागि विभिन्न धातुको मिश्रणबाट बनेको मेटल एलोए प्रयोग गरिँदै आएको छ। त्यसको मूल्य महँगो पर्ने हुँदा प्रत्यारोपण खर्चिलो हुने गरेको थापा बताँउछन्। ‘जोर्नी प्रत्यारोपण गर्दा अमेरिकामा बनेका मेटल एलोएलाई दुई लाख हाराहारी र भारतमा बनेकालाई एक लाख ५० हजार हाराहारी पर्दछ,’ उनले भने।

यसका अतिरिक्त सरकारी अस्पतालमा शल्यक्रिया शुल्क केही सस्तो हुन्छ भने निजीमा केही महँगो पर्दछ। यो मुख्य मेजर शल्यक्रिया गरेर प्रत्यारोपण गर्ने गरिन्छ। उनको भनाइमा बढी संख्यामा ६५ वर्ष नाघेका वृद्धवृद्धालाई यो समस्या पर्ने गर्दछ। जोर्नी खिइएर, बाथ रोगका कारण, चोटपटक लागेर, क्षयरोगजस्ता संक्रामक रोगका कारण र वंशाणुगत कारण यो समस्या देखिने गर्दछ। कतिपय बालबालिकामा जन्मजात यो समस्या देखिने गरेको उनको भनाइ छ। अत्यधिक मदिरा र स्टेरियड औषधिका कारण पनि जोर्नीमा समस्या आउने गरेको छ।

थापाले हाडजोर्नी तथा नसामा स्नातकोत्तर गरेपछि तीन महिना जोर्नी प्रत्यारोपणसम्बन्धी दिल्लीको एपोलो अस्पतालमा तालिम लिएका हुन्।यस्तै भारतकै मुम्बई र हैदारावारमा रानावत कन्फ्रेन्ससँगै उनले प्रत्यारोपणको काम अघि बढाएको जानकारी दिए। यस खालका तालिम नेपालमा पनि हुने गरेका छन्। ती अधिकांश तालिममा थापाको सक्रिय सहभागिता हुने गरेको छ।

नेपालमा प्रत्यारोपणमा विज्ञ चिकित्सक कम भएको जनाउँदै उनले समस्या लिएर धेरै बिरामी आउने गरेका बताए। उनको भनाइमा सरकारले अन्य जटिल रोगमा झै जोर्नी प्रत्यारोपणमा पनि सुविधा दिएमा धेरैले राहत पाउने थिए। आर्थिक अभावकै कारण प्रत्यारोपण गर्न परेर पनि यो सुविधा पाउन नसक्ने धेरै भएको डा थापा बताए ।

एक पटक प्रत्यारोपण गरेपछि १५ देखि २५ वर्षसम्म काम गर्ने गरेको उनको अनुभव छ । विदेशमा भन्दा कम खर्चमा यही उपचार हुने भएकाले नेपालमै उपचार गर्न उनी सुझाव दिन्छन्। दीर्घरोगबाट बच्न, योगा, व्यायाम गर्न, अत्यधिक मदिरा सेवन नगरेमा केही हदसम्म जोर्नीको समस्या कम गर्न सकिने थापाको भनाइ छ। नेपालमा जोर्नी प्रत्यारोपणसम्बन्धी सचेतना कार्यक्रम कम भएको चिकित्सक बताउँछन्। विदेशमा साना साना जोर्नी प्रत्यारोपण र रोबटिक प्रविधि हुने गरेको भन्दै उनले नेपालमा यसको थालनी भइनसकेको बताए।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

दक्षिण तथा पूर्वी एशियामा बाढी पहिरोमा ज्यान गुमाउनेको सङ्ख्या साढे ११ सय नाघ्यो

सम्बन्धित

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

आज पोखरामा एकता सन्देश सभा गर्दै नेकपा

आज कति छ काठमाडौँको तापक्रम ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com