काठमाडौ ८ असार । गएको शुक्रबारदेखि अवरुद्ध गुल्मीको कालीगण्डकी करिडोर सडक अझै खुलेको छैन। लामो समयसम्म सडक अवरुद्ध बनेका कारण स्थानीयवासी थप समस्यामा परेका छन्। कालीगण्डकी गाउँपालिका–१ अन्तर्गत हर्मीचौर–अर्बेनी सडकअन्तर्गत गरगरेमा शुक्रबार अपराह्न खसेको सुक्खा पहिराले उक्त सडक अवरुद्ध बनेको हो। तीन दिनदेखि पूर्ण रूपमा ...