ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

शनिबार पनि शिक्षा विधेयकमा छलफल गर्दै संसदीय समिति


abc news
असार १४, २०८२ शनिबार  २ : ३३ बजे

काठमाडौ १४ असार । शनिबार सार्वजनिक बिदाको दिन पनि विद्यालय शिक्षा विधेयकमा सहमति जुटाउन सांसदहरू सक्रिय भएका छन् ।

प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितितिको बैठक राखिएको छ ।

विद्यालय शिक्षा विधेयकका कतिपय विषयमा दलहरूबीच सहमति जुटेको छ । कतिपय विषयमा सहमति जुट्न बाँकी छ । सहमति जुटाउन सांसदहरू शनिबार पनि सक्रिय भएका हुन् ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्त पनि विधेयकमा सहमति जुटाउन सक्रिय छन् । मन्त्रिपरिषद्‍को बैठक छोडेर समेत उनी विधेयकमा सहमति जुटाउन सक्रिय रहेको उनको सचिवालयले जनाएको छ ।

हालसम्म दलहरूबीच प्रारम्भिक वालविकास दुई वर्षे बनाउनेमा सहमति जुटेको छ । यसमा सरकार पनि तयार भएको छ । वाल विकास पढाउनेलाई शिक्षकको रुपमा मान्यता दिने विषयमा भने छलफल जारी छ ।

निजी विद्यालयको सम्बन्धमा सहमति जुटेको छ । हाल सञ्चालनमा रहेका निजी विद्यालय निरन्तर सञ्चालनमा रहनेछन् । तर, यिनलाई क्रमश लोककल्याणकारी र सेवामुल बनाउँदै लैजाने भनिएको छ । तर, यसको समय भने तोकिएको छैन ।

सरकारले यही असार १५ गतेभित्र विद्यालय शिक्षा विधेयकमा सहमति जुटाउने भनेको थियो । त्यो सीमा भोलिसम्म हो । शिक्षक महासँघसंगको सहमति अनुसार समयमै विधेयक पास गर्ने प्रयासमा संसदीय समिति लागेको हो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ओली–बालेन इफेक्ट : झापा–५ मा अरू उम्मेदवार ‘अदृश्य’

वानखेडेमा नेपालको ऐतिहासिक लडाइँ: इंग्ल्यान्डसँग ४ रनले पराजित, दीपेन्द्रले रचे २ हजार रनको इतिहास

सम्बन्धित

झापा ५ : कार्यकर्ताले नै मत नदिने डर बढ्दो, पुराना दलहरू चिन्तित !

तराईमा हुस्सु, केही ठाउँमा हिमपातको सम्भावना

‘हामी झापाली’ ट्रेन्ड सहितको भावनात्मक ओली रणनीति शुरु, अब बालेन के गर्लान् ?

ओली–बालेन इफेक्ट : झापा–५ मा अरू उम्मेदवार ‘अदृश्य’

रेशम चौधरीको मुद्दामा सर्वोच्चले दिएन अन्तरिम आदेश

वानखेडेमा नेपालको ऐतिहासिक लडाइँ: इंग्ल्यान्डसँग ४ रनले पराजित, दीपेन्द्रले रचे २ हजार रनको इतिहास

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com