ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मदन भण्डारीलाई हामीले महासचिव बनाएका हौं – प्रधानमन्त्री ओली


abc news
असार १४, २०८२ शनिबार  ४ : ३७ बजे

काठमाडौ १४ असार । नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले जननेता मदन भण्डारीलाई आफूहरूले छलफल र विश्लेषणसहित पार्टीको महासचिव बनाएको बताएका छन् ।

शनिबार मदन जयन्तीको अवसर पारेर मदन भण्डारी फाउन्डेशनले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् ।

‘जबजको पृष्ठभूमि र त्यसको आधारका विचार तय गर्ने कुरामा मदन भण्डारीको अगुवाइ थियो । मदन भण्डारी महासचिव बन्ने कुरामा हाम्रो अगुवाइ थियो,’ प्रधानमन्त्री ओलीले भने, ‘किनभने मदन भण्डारीले म महासचिव बन्छु भन्नुभएको थिएन । हामीले नै बनाएका थियौं । छलफल विश्लेषण गरेर निष्कर्ष निकालेर हामीले बनाएका थियौं ।’

उक्त विषयमा आम रुपमा पनि सहमतिको वातावरण बनेको अध्यक्ष ओलीले स्मरण गरे ।

‘त्यस कुरामा आम रुपमा भन्ने हो भने सहमतिको वातावरण नै बनेको थियो र उहाँ महासचिव बन्नुभएको थियो,’ उनले भने ।

मदन भण्डारीको मृत्यु भएपछि जबजका आवाजको बढी चर्चा भएको भन्दै उनले यसलाई गणना गर्दा चौथो महाधिवेशनबाटै सुरु गर्नुपर्ने बताए ।

‘त्यसयता जबजका तीन दशक आजको छलफलको प्रारम्भ भएको छ । जबजका तीन दशकलाई गणना गर्दा पाँचौं महाधिवेशनबाट गर्न हुँदैन । त्यतिबेलासम्म त जबजले काम देखाइसकेको थियो, नाम नराखिएको मात्रै हो,’ प्रधानमन्त्री ओलीले भने ।

जबजका साढे ३ दशकभन्दा लामो अवधि भइसकेको प्रधानमन्त्री ओलीको भनाइ थियो ।

‘०४६ सालको चौथो महाधिवेशनदेखि जबजको गणना गर्नुपर्छ । तीन दशक त जननेता मदन भण्डारीका आवाजका दशक रहे,’ प्रधानमन्त्री ओलीले भने, ‘उहाँ बितिसक्नु भएपछि ०५० साल जेठ ३ गतेदेखिका तीन दशक हुन् । यी तीन दशक अत्यन्तै चुनौतीका दशक रहे ।’

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ओली–बालेन इफेक्ट : झापा–५ मा अरू उम्मेदवार ‘अदृश्य’

वानखेडेमा नेपालको ऐतिहासिक लडाइँ: इंग्ल्यान्डसँग ४ रनले पराजित, दीपेन्द्रले रचे २ हजार रनको इतिहास

सम्बन्धित

‘हामी झापाली’ ट्रेन्ड सहितको भावनात्मक ओली रणनीति शुरु, अब बालेन के गर्लान् ?

ओली–बालेन इफेक्ट : झापा–५ मा अरू उम्मेदवार ‘अदृश्य’

रेशम चौधरीको मुद्दामा सर्वोच्चले दिएन अन्तरिम आदेश

वानखेडेमा नेपालको ऐतिहासिक लडाइँ: इंग्ल्यान्डसँग ४ रनले पराजित, दीपेन्द्रले रचे २ हजार रनको इतिहास

कर्णालीको रोचक निर्वाचन क्षेत्र, कहिल्यै कोही सांसद दोहिरन पाएनन्, अहिले के होला ? (विस्तृतमा)

बदलिएको माओवादीले नेकपाका नाममा कस्तो प्रदर्शन गर्ला ! विगत कस्तो थियो ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com