ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रधानमन्त्रीले भने- अंक थपेर एसईईको नतिजा बढाइएको होइन


abc news
असार १४, २०८२ शनिबार  २ : ५५ बजे

काठमाडौ १४ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले माध्यमिक शिक्षा परीक्षा एसईई को नतिजा अंक थपेर नबढाएको दाबी गरेका छन् ।

हिजो शुक्रबार० मात्रै सार्वजनिक भएको ०८१ को एसईईको नतिजाबारे विभिन्न टिकाटिप्पणी भइरहेका बेला प्रधानमन्त्री ओलीले शनिबार प्रतिनिधि सभा बैठकबाटै यस्तो दाबी गरेका हुन् ।

‘मिहिनेत गरेर विद्यार्थीले पास गरेको कुरालाई अपमान हुनेगरी नयाँ पुस्तालाई होच्याउने गरी विद्वानले बोलेको कुरा सुन्दा दुस्ख लाग्छ । नम्बरमा खेलबाड होइन । विद्यार्थीले मिहिनत गरेर यो नम्बर ल्याएको हो,’ प्रधानमन्त्री ओलीले भने ।

नतिजामा केही मानिसले अंक थपेर हचुवाको भरमा बिना आधार बोलोको भन्दै प्रधानमन्त्री ओलीले दुस्ख व्यक्त गरे ।

शुक्रबार प्रकाशित भएको एसईईको नतिजामा ६१।८१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए । अघिल्लो वर्ष ४८ प्रतिशत मात्र विद्यार्थी उत्तीर्ण भएका थिए ।

‘४८ पनि नपुगेको ठाउँबाट ६१ प्रतिशत पुगेको छ । रेकर्ड ब्रेक भयो । विद्यार्थी फेल नगर्ने परिपाटी बनाउनुपर्छ,’ प्रधानमन्त्री ओलीले भने ।

प्रधानमन्त्री ओलीले विद्यार्थीको मिहिनेतलाई अपमान नगर्न पनि आग्रह गरे ।

अनलाइन कक्षा सञ्चालन गरेकाले पनि नतिजामा सुधार आएको उनको भनाइ छ ।

प्रधानमन्त्री ओलीले गत वर्षको नतिजा कमजोर भएपछि ७० प्रतिशत पुर्‍याउने बताएका थिए । यो वर्ष ६१ प्रतिशत पुगेकाले आगामी वर्ष ७० पुर्‍याउन पहल गर्ने बताए ।

‘मैले केही युवा शिक्षकलाई आग्रह गरे मेन्टर शिक्षकको रुपमा खटेका छन् । ल्यापटप, मोबाइल, दूरसञ्चार, इन्टरनेट सेवा पुर्‍याएर अनलाइन कक्षा भयो । डेढ लाख विद्यार्थीलाई निस्शुल्क अनलाइन कक्षा चलाइएको छ,’ ओलीले भने, ‘राम्रो काममा प्रसंशा गर्नुपर्छ । आगामी वर्ष यो भन्दा ६५–७० प्रतिशत पुर्‍याउछौँ ।’

यसरी धेरैवर्ष यता नतिजामा उल्लेखिय सुधार भएको भन्दै प्रधानमन्त्री ओलीले सबैलाई संसदबाट बधाइ र धन्यावाद पनि दिए ।

‘धेरै वर्ष यता नतिजामा उल्लेखिय वृद्धिको खुसीको कुरा हो । मिहिनेतका साथ अध्ययन गरेर सफलतामा पुर्‍याउने देशको रेकर्ड रनारात्मक ४८ प्रतिशतबाट ६१ प्रतिशत पुर्‍याउन मिहिनेत गर्ने विद्यार्थी भाइबहिनीलाई बधाइ । पढाइमा सिकाइमा राम्रो ज्ञान दिने शिक्षकलाई धन्यवाद,’ ओलीले भने ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ओली–बालेन इफेक्ट : झापा–५ मा अरू उम्मेदवार ‘अदृश्य’

वानखेडेमा नेपालको ऐतिहासिक लडाइँ: इंग्ल्यान्डसँग ४ रनले पराजित, दीपेन्द्रले रचे २ हजार रनको इतिहास

सम्बन्धित

झापा ५ : कार्यकर्ताले नै मत नदिने डर बढ्दो, पुराना दलहरू चिन्तित !

तराईमा हुस्सु, केही ठाउँमा हिमपातको सम्भावना

‘हामी झापाली’ ट्रेन्ड सहितको भावनात्मक ओली रणनीति शुरु, अब बालेन के गर्लान् ?

ओली–बालेन इफेक्ट : झापा–५ मा अरू उम्मेदवार ‘अदृश्य’

रेशम चौधरीको मुद्दामा सर्वोच्चले दिएन अन्तरिम आदेश

वानखेडेमा नेपालको ऐतिहासिक लडाइँ: इंग्ल्यान्डसँग ४ रनले पराजित, दीपेन्द्रले रचे २ हजार रनको इतिहास

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com