काठमाडौँ, २५ माघ। महाशिवरात्रि तथा सेना दिवसका अवसरमा नेपाली सेनाले त्रिदिवसीय बृहत् प्रदर्शनी आयोजना गरेको छ । ‘नेपाली सेना इतिहासदेखि वर्तमानसम्म’ शीर्षकमा आयोजित प्रदर्शनीको आज यहाँ आयोजित कार्यक्रममा प्रधानसेनापति राजेन्द्र क्षत्रीले उद्घाटन गर्नुभयो । नेपाली सेनाको प्रधान कार्यालय परिसरमा आयोजित उक्त प्रदर्शनीमा नेपाली सेनाले आफ्नो स्थापनाकालदेखि ...