लहान, २५ माघ । सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिकाको पहिलो गाउँसभाले गाउँपालिकाको नाम संशोधन गरी ‘बाबा हरिसिंह देव गाउँपालिका’ नामाकरण गर्ने निर्णय गरेको छ ।
परापूर्वदेखि नै यो क्षेत्र हरिहरसिंह देवको नामले चिनिने भएकाले गाउँसभामार्फत गाउँपालिकाको नाम संशोधन गरी ‘बाबा हरिसिंह देव गाउँपालिका’ नामाकरण गर्ने निर्णय भएको गाउँपालिका अध्यक्ष रामबल्लभ साहले जानकारी दिनुभयो ।
यस्तै गाउँसभाले आर्थिक वर्ष २०७४\०७५ का लागि रु २६ करोड ४३ लाख ६८ हजार ४८४ बजेट पारित गरेको छ ।
प्रतिक्रिया दिनुहोस्