ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जबर्जस्ती करणीमा ८० वर्षसम्मको संलग्नता


एबीसी न्यूज

हेटौँडा, २५ माघ।  बढ्दो जबर्जस्ती करणीका घटनाले सर्वसाधारणमा असुरक्षाको महसुस हुनाका साथै यस्ता घटनाविरुद्ध अभियानमा लागेकालाई धम्कीसमेत आउन थालेको छ ।

पछिल्लो समय पीडित महिलाका साथै महिला हिंसाविरुद्ध लागेका अधिकारकर्मीलाई पनि चुनौती थपिएको मानव रक्षक सञ्जालका जिल्ला अध्यक्ष आरती पाठक बताउनुहुन्छ ।

पाँच वर्षीया बालिकादेखि ७० वर्षीया वृद्धासम्म बलात्कृत भएका घटनाले यस घटनाविरुद्ध लागेकालाई चु्नौती थपिनुका साथै समाजमा समेत त्रास फैलिएको जानकारी दिँदै उहाँ भन्नुहुन्छ, “हामीले कसैको गल्ती खोतल्ने उद्देश्यले यो क्षेत्रमा लागेको नभई पीडितलाई न्याय दिनु हो, समाजमा भएका जबर्जस्ती करणी, महिला हिंसा तथा मावन बेचबिखनजस्ता जघन्य अपराधका घटना न्यूनीकरण गर्नु हो तर हामीलाई यस क्षेत्रमा काम गरेकै कारण धम्की आउने गरेकाले ज्यान जोखिममा राखेर हिँड्नुपर्ने अबस्था आएको छ ।”यस्ता घटना दबाउनका लागि भएका पैसाको खेलले पीडित पक्ष र मुद्दालाई नै कमजोर बनाइरहेको उहाँ बताउनुहुन्छ ।
माइती नेपाल, मकवानपुर जिल्ला शाखाकी माया लामा भन्नुहुन्छ, “बलात्कारले मानिसको आत्मसम्मानमा पनि ठूलो पीडा दिने भएकाले यस्तो घटनामा पीडकले कानूनबमोजिम सजाय पाए पनि पीडितमा यो पीडाको घाउ कहिल्यै निको हँुदैन तर पीडितलाई भने मानसिक तथा सामाजिक असर पार्छ ।”

उहाँका अनुसार बलात्कारका घटनामा पछिल्ला वर्षमा न्यायालयको फैसलामा पीडित पक्ष सन्तुष्ट भए पनि यस्ता घटनापछि समाजले महिलालाई नै दोषी ठान्ने भएकाले उनीहरूमा मानसिक विचलन भई गाउँघरमा बस्न मन लाग्दैन ।

विद्यालयमा आफ्नै शिक्षकबाट बलात्कृत हेटौँडाकी एक छ वर्षीया बालिकाकी आमाले आफ्नी छोरीलाई अदालतले न्याय दिए पनि छोरीले भोगेको मानसिक र शारीरिक पीडाको क्षतिपूर्ति नहुने बताउनुहुन्छ । सो घटनाले आफूलाई समाजमा बस्न समेत गाह्रो भइरहेको उहाँको गुनासो छ ।

घटनामा ८० वर्षसम्मकाको संलग्नता 

हेटौँडा पुनरावेदन अदालत, मकवानपुर जिल्ला अदालत र भीमफेदी कारागारबाट प्राप्त तथ्यांकअनुसार जबर्जस्ती करणीमा किशोरदेखि ८० वर्षसम्मका वृद्धको संलग्नता देखिएको छ भने पीडितमा पाँच वर्षीया बालिकादेखि माथिका आफ्नै छोरीमाथि पनि जबर्जस्ती गर्ने समेतको मुद्दा दर्ता छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार आव २०६९÷०७० मा जबर्जस्ती करणी र जबर्जस्ती करणी उद्योगसँग सम्बन्धित १६ वटा उजुरी परेकामा २०७३÷०७४ मा ३३ वटा उजुरी परेका थिए । अधिकारकर्मीका अनुसार कानून परिमार्जन भएकाले, यस्ता मुद्दामा निरन्तर सुनुवाइ हुने भएकाले र मानिसमा उजुरी गर्नुपर्छ भन्ने चेतना जागेकाले उजुरीको संख्या बढेको हो ।

जबर्जस्ती करणी उद्योग गरेको भनी दर्ता भएका मुद्दामा धेरै अभियुक्तले सफाइ पाएका पनि छन् । प्रमाण जुटाउन नसक्दा यस्तो भएको अधिकारकर्मीरू बताउँछन् ।

जिल्ला प्रहरी कार्यालय, महिला तथा बालबालिका सेवा केन्द्रका इञ्चार्ज दीपा कार्कीका अनुसार शुरुमा पीडितले उजुरी गरे पनि पछि कतिपय अवस्थामा प्रमाण जुटाउन नसक्दा यस्ता मुद्दा फितलो बन्छन् । सम्बन्धित मुद्दाका आरोपितले सजाय नपाएपछि पीडितका तर्फबाट पुनरावेदन गरिएका एकाधबाहेक अरु मुद्दा पुनरावेदन अदालतबाट सदर भएको पुनरावेदन अदालतको तथ्यांकले देखाउँछ ।

आव २०६६÷०६७ देखि चालू आवको कात्तिकसम्म जबर्जस्ती करणीसम्बन्धी १४७ वटा मुद्दा पुनरावेदन परेकोे पुनरावेदन अदालतकोे तथ्यांक छ । यीमध्ये १३० वटा मुद्दा सदर भएको फैसला छ भने १३ वटा मुद्दाको पैmसला उल्टिएको र चार वटा मुद्दाका पैmसला आशिंकरुपमा उल्टिएका थिए । जबर्जस्ती करणी उद्योगका केही मुद्दाबाहेक अधिकांशमा पीडितलाई सजाय भएको छ । अदालतले कानूनबमोजिम पीडितलाई हदैसम्मको सजाय गरेका उदाहरण पनि छन् तर पनि बलात्कारका घटना भने कम भएका छैनन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

आजदेखि दैनिक चार घण्टा बन्द हुँदै मुग्लिन-पोखरा सडक

निर्वाचन आयोगमा १२२ दल दर्ता, ७ खारेज, २८ प्रक्रियामै

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

एनपिएल इतिहासकै उच्च स्कोर बनाएको विराटनगरको विजयी सुरुवात

आजदेखि दैनिक चार घण्टा बन्द हुँदै मुग्लिन-पोखरा सडक

मध्यरातमा दुर्गा प्रसाईं पक्राउ

निर्वाचन आयोगमा १२२ दल दर्ता, ७ खारेज, २८ प्रक्रियामै

सशस्त्र प्रहरी र भारतको एसएसबीबीचको समन्वयात्मक बैठक सम्पन्न

मोदी–नीतिश गठबन्धनलाई २०२ सिट, विपक्षी ३५ मै सीमित

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com