रात परेपछि समयको आकाशबाट एउटा सूर्य अस्ताउँछ र, हजारौँ असूर्यहरु उदाउँछन् । फूलका तरेलीहरुमा उदास गीतको अन्तिम हरफ सुनिन्छ बूढो पीपलको पुरानो हाँगोमा थाकेका चराहरु झगडा गरी बस्छन् बगी जाने पानी उडी जाने बतास वा, बिर्सी जाने सपनाहरु रङ उडेको जीवनजस्तो फुस्रो देखिन्छन् रात परेपछि ...