ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ६, २०८३ शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जब टुहुरेले गाए ‘आमा दिदीबहिनी हो…’


ABC NEWS
पुस २१, २०७४ शुक्रबार   ८ : ०२   बजे

काठमाडौँ, २१ पुस (रासस) / जनसांस्कृतिक महासंघको सभाकक्षमा जनवादी गायक जेबी टुहुरेले एकदेव ज्ञवालीको पुरानो ‘आमा दिदीबहिनी हो, कति बस्छौ दासी भई सुखको सधैँ प्यासी बनेर’ गीत गाउँदा उपस्थित दर्शकले पनि स्वरमा स्वर मिलाएर गाए ।
जनसंगीत मञ्च नेपालले आयोजना गरेको ‘आरोह जनसंगीत यात्रा–२५’मा टुहुरेको एकल गान कार्यक्रममा स्रोेताले पनि गीतमा स्वर मिलाउँदै गाए । करिब १० वटा गीत गाउनुभएका टुहुरेले उक्त गीत अन्तिममा गाउँदा स्रोता झन् उत्साहित हुँदै थिए । पिछडिएका महिलालाई उठाउन गाइएको गीत
गीत गाउने क्रममा उहाँले पहिले चुलोचौका गर्ने महिलाहरु अहिले राज्यको प्रमुख स्थानमा पुगेकामा खुशी व्यक्त गर्नु भयो । ‘‘पहिला उक्त गीत आमा, दिदी बहिनीको वेदना देखेर गाए पनि अहिले भने परिवर्तन आएको छ’’, उहाँले भन्नुभयो, ‘‘ अहिले हाम्रा आमा, दिदीबहिनी राष्ट्रपति, प्रधानन्यायाधीश र सभामुखसम्म बन्नुभयो ।’’
कार्यक्रममा मदन भण्डारीको निधन, विदेशमा श्रम गर्दाका समस्या, बसाइँ सर्नेको व्यथा, राष्ट्रिय एकता, छुवाछुतविरुद्ध, गाउँमा उकालीओराली गर्दाको दुःख विसं २०४५ माघ १ मा पञ्चायतले पिस्करमा गरेको दमनजस्ता विषयका १० गीत गाउनुभएको थियो ।
‘साना साना ढुङ्गा माटो मिली अग्लो पहाड बन्छ, साना साना खोलाखोली मिली ठूलो नदी बन्छ, सागर बन्छ’, ‘पानी चल्दैन रे तर रगत चल्दछ, कहिलेसम्म यस्तो ढोंगी जगत् चल्दछ’, ‘पसिना झार्दै तरर, चार दिनको बाटो कटारी बजार ’ जस्ता बोलका गीत गाउँदा ७३ वर्षीय टुहुुरेमा तीसको दशककै जस्तो जोश थियो ।
उहाँलाई गायनमा माधव प्रधान, डम्बर पहाडी, आकाश गोर्खाली, भागीरथ सुस्लिङ र वेदनिधि नेपालले संगीतमा साथ दिनुभएको थियो । आफ्ना गीतहरु गाउनुपूर्व उहाँले गत मंसिर ६ गते निधन हुनुभएका जनवादी गायक खुशीराम पाख्रिनका गीत गाएर उहाँप्रति श्रद्धाञ्जलि व्यक्त गर्नुभएको थियो–
कार्यक्रममा नेकपा –एमाले)बाट काठमाडाँै क्षेत्र नं ३ मा नवनिर्वाचित कृष्ण राईले मदन भण्डारीलाई आफूहरुको सांस्कृतिक अभियानले नै शुरुमा प्रस्तुत गरेको जानकारी दिनुभयो । नेकपा(एमाले) संस्कृति विभाग प्रमुख तथा महासंघका अध्यक्ष खगेन्द्र राईले जनसंगीत यात्रामा नयाँ पुराना दुवै प्रतिभालाई स्थान दिइने बताउनुभयो । महासंघका महासचिव प्रेमनाथ अधिकारीले टुहुरेका गीतले वास्तविक समाजको चित्रण गर्ने बताउनुभयो । मञ्चले हरेक महिनामा एक जनवादी गायकलाई एकल प्रस्तुति गर्ने अवसर दिँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बालेन समूह जोगाउन रास्वपाले बढायो सभापतिको अधिकार, रविलाई सर्वशक्तिमान बनाउने तयारी

ईभी गाडी प्रकरण: रसुवा भन्सारका तत्कालीन प्रमुखसहित १३ कर्मचारी निलम्बनमा, गाडी

सम्बन्धित

एआई पपुलिज्म को उदय: तर कोही पनि तयार छैनन्! :न्यूयोर्क टाइम्स

मिस वेल्स २०२६ को निर्णायकमा पुनः पुनम गुरुङ

अनलाइन हुर्किँदाको मूल्य :बिल गेट्स

धुरन्धर २ ‘प्रचार फिल्म’ कि ‘एक्सन–थ्रिलर’रु—विकिपिडियामा चर्किएको विवाद के हो ?

जहाजको बाथरुममा, भ्यानभित्र, बाथटबमा — ५ किलोमिटर दौड्ने नयाँ पागल ट्रेन्ड

सामाजिक सञ्जालको लत : मेटा र युट्युबलाई अदालतले दोषी ठहार्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group