ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जाडो मौसममा अनुहारको सुन्दर बनाउने तरिका


sharan sharan

beauty-salonजाडो मौसम सुरु भएको कारणले अनुहार तथा छालाको सुन्दरतामा ह्रास आउने गर्छ । त्यसमा पनि झन् सुख्खा छाला हुनेको लागि यो मौसम शत्रु मानिन्छ । तर नआत्तिनुहोस्, हामीस‘ग केही उपयोगी टिप्सहरु छन्, जसले तपाईको अनुहारमा सुन्दरता निखार्न मद्धत   गर्नेछ ।
जाडोयाममा छालाको रोमछिद्र बन्द हुने भएको ह‘ुदा छालामा मनतातो पानीको प्रयोग गर्नुपर्छ । जाडोयाममा बढी चिसो हावा चल्ने भएकोले शरीरमा भएको रगत र बोसोको मात्रा जम्ने हु‘दा खानेकुरा सधै मनतातो बनाएर खाने गर्नुपर्दछ । जसले गर्दा शरीरभित्र तातो भई बोसो र रगतको मात्रा पग्लिन जान्छ र छालालाई सुख्खा हुनबाट पनि बचाउ‘छ । राती सुत्नेबेलामा २–३ गिलास मनतातो पानी पिउने गर्नुपर्दछ । गर्मीमा भन्दा जाडोमा खानेकुरामा चिल्लो पदार्थ भएको खानेकुरा खानुहुँदैन । किनभने जाडो महिनामा शरीर कम तातो हुने हुँदा पसिना अथवा पिसाबमा चिल्लो नआउने हुँदा समस्या हुन्छ । प्रत्येक पल्ट नुहाउँदा कोल्ड क्रिम वा बडी लोसन लगाउनु पर्छ ।

जस्तोसुकै छाला हुनेहरुले पनि सुत्नेबेलामा कोल्ड प्लस मोस्चराइजिङ्ग क्रिम प्रयोग गर्नुपर्छ । जाडोयाममा सुख्खा छाला अझै सुख्खा हुने हु‘दा विशेषगरि सुख्खा छाला भएका व्यक्तिले पानी धेरै मात्रामा पिउनुपर्छ ।
ड्ड    सुख्खा छाला हुनेहरुले सुत्नेबेलामा ओलिभ ओइल मिसाएर  अनिवार्य रुपमा प्रयोग गर्नुपर्दछ । जाडोयाममा तैलिय छाला भन्दा सुख्खा छाला अझ सुख्खा हुने हु‘दा विशेषगरि २४ घण्टामा ४ पटक मोस्चराइजर प्रयोग गर्नुपर्दछ । अन्य छालाको लागि भने ३ पल्ट प्रयोग गर्दा पुग्छ । जाडोयाममा सुख्खा छालामा स्क्रब, साबुन तथा फेसवासको प्रयोग गर्नुहु‘दैन । तर एकदमै तैलिय छाला छ भने हप्तामा १ वा २ चोटी प्रयोग गर्दा राम्रो हुन्छ । जाडोयाममा छाला सुख्खा हुने हु‘दा उमेर पुगेका मानिसहरुले गर्मी महिनामा भन्दा यस्तो समयमा रिङकल कन्ट्रोल, नाइटक्रिम, डे–क्रिम, मोस्चराइजर लगाउ‘दा बढी मात्रामा लगाउ‘नु पर्दछ । जाडोयाममा सुर्य पृथ्वीको दक्षिणी धुव्रबाट घुम्ने कारणले सुर्यको किरणको असर गर्मी महिनामा भन्दा जाडो महिनामा झन बढी हुन्छ । यसैले घाममा बस्दा अनुहारमा सिधै घाम पर्ने गरि बस्नुहु‘दैन । गर्मिमा भन्दा जाडोयाममा फेसियल र क्लिन्जीङ समयमै गर्नुपर्दछ । जाडोयाममा विशेषगरी अनुहारलाई एकदमै ध्यान दिनुपर्ने हुन्छ । जाडोमा फेसियल गर्दा विशेषगरी एचए फेसियल गर्नु उपयुक्त हुन्छ ।

एचए फेसियल

एचए फेसियलमा अल्का हाइड्रोक्सी एसीड हुन्छ । यो फेसियल गर्दा छालामा लाइट इफेक्ट, मोस्चराइजिङ, पिलिङ जेलको मात्रा १.५ प्रतिशत हुने हु‘दा यसले छालामा भएको तेल र पानीको मात्रालाई मिलाएर राख्न मद्दत गर्छ । साथै डार्क सर्कल भएको छालालाई पनि तुरुन्त हटाउने काम गर्दछ ।

फेसियल गर्ने विधि

यो फेसियल गर्दा सबैभन्दा पहिला छालाअनुसार डिपक्लिन्जीङ गर्ने,त्यसको २० मिनेटपछि मसाज गर्ने, मसाज गर्दा यसमा सोयाबिन अथवा मिन्टजेल मिसाउने । सोयाबिन जेलले सुख्खा छालामा भिटामिन ‘ए’ र ‘इ’ प्रदान गर्छ । यो विशेषगरी सुख्खा छालाको लागि आवश्यक छ ,त्यस्तै मिन्टजेलले तैलिय छालामा पानीको सन्तुलन कायम गर्दछ । त्यसैले अनुहारको छालाअनुसार मसाज गर्ने समयमा क्यास्ट्रोल जेल मिलाउने । जेल पुछिसकेपछि छालाको समस्याको आधारमा एम्प्युल लगाएर ५ मिनेट राख्ने । यसमाथि एकदम पातलो भ्लायकोलिक पीलिङ जेल लगाउने । यो लगाउँदा हल्का पोल्छ, यो नै यसको असर हो । यसलाई १० मिनेट छाड्ने । त्यसपछि निकाल्नको लागि तातोपानीमा एक चिम्टी सोडा मिसाउने त्यसपछि चिसोपानी मिसाएर मसाज गर्ने र एचए मास्क लगाउने । यदि डार्क सर्कल छ भने मास्क ऑखामा पनि लगाउनुपर्छ र कटनमा गुलाफजल राखेर ऑखामा १० मिनेटसम्म राख्ने । त्यसपछि सफा पानीले धोएर एपल टोनर लगाउने । स्वास्थ्य खवर बाट

प्रतिक्रिया दिनुहोस्

भर्खरै

प्रधानमन्त्रीले साँझ ६ बजेलाई बोलाए मन्त्रिपरिषद् बैठक

बनेपा–नाला–भक्तपुर सडक पुनः अवरुद्ध

सम्बन्धित

गंगा फियाकले ल्याइन् ‘साम्याङ युप्पा’

तपाईं पनि डोनाल्ड ट्रम्प जस्तो शरीर बनाउन सक्नुहुन्छ, तर कसरी ?

हलिवुडले प्रतिरोध छोडेर सत्ताको लाइनमा बस्ने पक्षको छनोट : द इकोनोमिष्ट

सवैभन्दा कान्छी प्रेस सचिव, जसले ‘ट्रम्पको भाषा कति सजिलै बोल्छिन्’ :वाल स्ट्रिट जर्नल

आज भ्यालेन्टाइन डे : प्रेम साटासाट गरी मनाइँदै

मैले मेरो स्मार्टफोन छाडेर ’पुरानै फोन’ चलाउन लागें, तपाईंले पनि त्यसै गर्ने कि ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com